जगतपुर । लायन्स क्लब अफ काठमाडौँ बिहानीले पश्चिम चितवनको जगतपुर–७ धम्पुसस्थित प्रभात अनाथालय केन्द्रका बालबालिकालाई शनिबार पाठ्यपुस्तक सामग्री वितरण गरेको छ ।
केन्द्रमा रहेका बालबालिकाका लागि एक वर्षको लागि आवश्यक स्टेसनरी सामग्री वितरण गर्नको लागि काठमाडौँदेखि चितवनको जगतपुर पुगेका थिए । विगतदेखि वार्षिक रूपमा लगातार सहयोग गर्दै आएको सो संस्थाले यस पटक स्टेशनरी सामग्री वितरण गरेको हो ।
यसअघिको वर्षमा पहिलो पटक खाद्यान्न, दोस्रो पटक लत्ताकपडा सहयोग गरेको थियो । प्रभात किरण सेवा समाज चितवनको संरक्षणमा रहेका चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीका कारणबाट असहाय बन्न पुगेका ११ जना बालबालिकाका लागि क्लबले सहयोग गरेको हो । सहयोग सामग्री क्लबका अध्यक्ष गंगा देवकोटाले समाजका अध्यक्ष छविलाल न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
Discussion about this post