गुञ्जनगर । संस्कृत शिक्षा पढाइ हुने गुञ्जनगरको परमानन्द स्मृति विद्या भवन गुरूकुल संचालनका लागि आर्थिक अभाव भएको छ ।
जिल्ला शिक्षा कार्यालयबाट आवश्यक सहयोग प्राप्त नहँुदा सो संस्कृत गुरूकुल संचालनका लागि कठिनाइ भएको छ । आर्थिक अभाव भएपछि स्थानीयहरुले चन्दा संकलन गरेर भएपनि विद्यालय सञ्चालन गर्न थालेका छन् ।
गुरूकुल संचालनका लागि स्थानीयहरुको शनिबार बसेको भेलाले चन्दा उठाउने निर्णय गरेपछि चन्दा अभियान चलाएका थिए । करिब ५२ हजार रूपैयाँ संकलन भएको परमानन्द स्मृति विद्या भवन गुरूकुलका कार्यवाहक अध्यक्ष मुक्तिनाथ ढकालले जानकारी दिनुभयो ।
Discussion about this post