रत्ननगर । एकीकृत नेकपा माओवादी रत्ननगर नगरपालिका वडा नम्बर ७ को शनिबार सम्पन्न ऐतिहासिक वडा भेलाले बालकृष्ण विकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा गोपालराज पौडेल, सचिवमा दिपेन्द्र ओस्ती रहेका छन् । यसैगरी सम्मेलनले नन्दु रेग्मी, शंकर धिताल, उर्मिला पासवान, दुमकला ओझा र रत्न थिङलाई सदस्यमा निर्वाचित गरेको छ । सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य राजु अम्गाई सुवोधले उद्घाटन गर्नु भएको थियो ।
Discussion about this post