सौराहाका व्यवसायीले दिए विपन्नलाई राहत

अन‌ि यो पनि

रत्ननगर । सौराहाका दुई जना व्यवसायीले अति विपन्न परिवारलाई राहत प्रदान गरेका छन । सौराहा थारु भिलेज प्रा.लि.का सञ्चालक मधुुसुधन सिलवाल र होटल सेन्टर पार्कका सञ्चालक सीवी थापाले रत्ननगर वडा नं ७ का २९ परिवारलाई राहत प्रदान गरेका हुन् ।
बन्दाबन्दीका कारण समस्यामा परेका उनीहरुलाई १५ किलो चामल, ५ किलो आलु, २ किलो नुन, १ किलो दाल, १ लिटर तेल र २ वटा साबुनका दरले राहत प्रदान गरिएको व्यवसायी सिलवालले जानकारी दिए । उनीहरुलाई सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको हो ।
समाजसेवीहरु श्रीराम सिलवाल, सजना महतो र रिता भुषालको उपस्थितिमा राहत वितरण गरिएको हो । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द गरेर बसेका सौराहाका दुई जना व्यवसायीहरुले समस्यामा परेका अति विपन्न परिवारलाई राहत वितरण गरेर समाजमा उदाहरणीय कामको सुरुवात गरेका छन ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया