पाकिस्तानमा ९९ यात्रु बोकेको विमान दुर्घटना

अन‌ि यो पनि

काठमाडौँ । पाकिस्तानको कराँचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्। कराचीमा विमान दुर्घटनामा परेको छ। हामी यात्रु सङ्ख्य पुष्टि गर्ने प्रयास गर्दैछौँ तर प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। ए ३२० मोडेलको सो विमान मानवबस्तीमा भएको र घरहरूमा क्षति भएको बताइएपनि जनधनको क्षतिको बारेमा बताएको छैन। – बिबिसीबाट

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया