काठमाडौँ । नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो। हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ।