भरतपुर । क्वारेन्टाइनमा रहेका साथीलाई रक्सी लगिदिएको आरोपमा गिरफ्तार भएका राप्ती नगरपालिका ३ का कुमार थपलियालाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार रुपैयाँ जरिवाना लिएर छाडेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशले ती युवा ५ हजार रुपैयाँ तिरेर शुक्रबार छुटेको जिल्ला प्रशासनका सूचना अधिकारी इश्वर सिंखडाले बताए ।
पूर्वी चितवन स्थित राप्ती नगरपालिकामा रहेको वुद्धशान्ति विद्यालयमा क्वारेन्टाइनमा रहेका एक युवालाई मदिरा लैदिने क्रममा ती युवकलाई जेठ ७ गते साँझ क्वारेन्टाइनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् । क्वारेन्टाइनमा वसेका साथीले नै आफूलाई मदिरा ल्याइदिन आग्रह गरे अनुसार आफूले लगिदिएको पक्राउ परेका युवाले बताएका छन् ।