रत्ननगर । रत्ननगर–४ देवौलीमा रहेको आदिवासी थारु किसान समूहको तेस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका बाली विकास अधिकृत राजन ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूहकी सचिव लक्ष्मी चौधरीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आस्था चौधरीले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा तीन महिने तोरी आईपिएम कृषक पाठशाला तालिमको पनि समापन गरिनुका साथै तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्ने ५ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक नोदनाथ लामिछाने, कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख दीपकराज पौडेल, रत्ननगर नगरपालिकाका सूचना प्रमुख लीलानाथ अर्याल, जिल्ला आईपिएमका अध्यक्ष धर्मराज कँडेल, राष्ट्रिय कृषक समूह महासंघका लेखनाथ पोखरेल, पञ्चजल उपभोक्ता समितिका अध्यक्ष रामेश्वर चौधरी, पुष्षञ्जली समूहका शम्मुभक्त पोखरेललगायतले बोलेका थिए । कार्यक्रम समूहकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको थियो ।
Discussion about this post