क्वारेन्टाइनमा रहेका साथीलाई रक्सी लगिदिने युवा प्रहरी फन्दामा

अन‌ि यो पनि

भरतपुर । कतिपय मानिसहरु साथीका लागि ज्यान दिन तयार हुन्छन् । साथीको लागि भनेपछि जे पनि गर्न तयार हुने मध्येका एक हुन चितवन राप्ती नपा–३ का कुमार थपलिया ।
अति नै संवेदनशील क्षेत्र मानिएको क्वारेन्टाइनमा साथीको आग्रहलाई अस्वीकार गर्न नसकेपछि उनी कोसेली सहित पुगे । साथीको लागि लगेको कोसेली झोला चेकजाँच गर्दा प्रहरी तीन छक्क प¥यो । किनकि लुकाएर सुटुक्क दिन तयार पारिएको झोलामा मदिरा (घरेलु रक्सी) भेटिएको थियो ।
पूर्वी चितवन स्थित राप्ती नगरपालिकामा रहेको वुद्धशान्ति विद्यालयमा क्वारेन्टाइनमा रहेका एक युवालाई मदिरा लैदिने क्रममा ती युवकलाई जेठ ७ गते साँझ क्वारेन्टाइनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् । क्वारेन्टाइनमा वसेका साथीले नै आफूलाई मदिरा ल्याइदिन आग्रह गरे अनुसार आफूले लगिदिएको पक्राउ परेका युवाले बताएका छन् ।
क्वारेन्टाइनमा वसेका साथीलाई मदिरा बोकेर लैजाने थपलियालाई जिल्ला प्रशासन कार्यालय चितवनले विहीबार बयान लिइ चितवन प्रहरी हिरासतमा पठाएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया