ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लकडाउनमात्रै समाधान होइन

–सन्तोष पन्त

by namastec
२०७७ जेष्ठ ७, बुधबार १३:०८ गते
in विचार
0
509
SHARES
Share on FacebookShare on Twitter

परिचय

चीनको वुहानमा डिसेम्बर २७, २०१९ तदनुसार २०७६ पौष १४ गते पहिलोपटक देखा परेको कोरोना भाइरस संक्रमणको महामारीबाट अहिले विश्वका कुनै पनि देश अछूतो रहेनन् । छोटो समयमै विश्वभर फैलिएको यस भाइरस संक्रमणको महामारी नेपालमा पनि गत वर्ष माघ १० गते चीनवाट नेपाल फर्केका व्यक्तिमा पहिलोपटक देखिएकोमा दुई महिना स्थिररुपमा रही पुनः चैत्र १० गते फ्रान्सबाट आएका व्यक्तिमा देखिएपछि संक्रमण बढ्दै समुदायसम्म नै पुग्यो र बढ्ने क्रम जारी छ । यसै क्रममा नेपालको हावापानी, नेपालीको खानपान, रोगसँग लड्ने क्षमता आदिले गर्दा संक्रमण नै हुँदैन र भइहालेमा पनि मृत्यु त हुँदैन भन्ने भ्रमपूर्ण जनविश्वास पनि टुटी यसैको कारणबाट मृत्यु वरणसमेत हुन थालेको छ । यसबाट जोगिन संक्रामक रोग ऐन, २०२० को दफा २ मा उल्लेखित विशेष व्यवस्था गर्ने अधिकार प्रयोग गरी नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लकडाउनको आदेशको समयावधि मिति २०७७ जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निरन्तरता दिएको छ । यस महामारीबाट कति नेपाली संक्रमित हुने हुन् ? कहिलेसम्म यो महामारी रहिरहने हो ? दुई महिनाभन्दा लामो अवधिका लागि लागू गरिएको लकडाउनको आदेशको सफलता, असफलता र प्रभावकारिता केकस्तो भयो ? आदि हालसम्म अन्योलका विषय बनेका छन् ।

इतिहासको स्मरण

मानवजातिले विगतमा कुनै पनि महामारी व्यहोर्नु नपरेको भने होेइन । कोरोना भाइरस (कोभिड–१९) जस्तो छिटो नफैलिएर ढिलो फैलिए होलान्, कोभिडजस्तै विश्वभर नफैलिएर केही क्षेत्रमा मात्र फैलिएका होलान्, तर महामारीका कारण मानवजातिको मृत्यु भएको र विश्वमा हलचल पैदा भएको इतिहास हाम्रोसामु छ । इतिहासलाई केलाउने हो भने विश्वमा करिब ४० करोड मानिसको विनाश विभिन्न समयमा भएका महामारीका कारण भएको देखिन्छ । पछिल्ला २०० वर्षको अवधिमा देखिएका मुख्य मुख्य महामारीहरुमा सन् १८१७ देखि १८३० सम्मको हैजा (करिब १० लाख मानिसको मृत्यु), १८५५ मा देखिएको तेस्रो प्लेग (१ करोडभन्दा बढी मानिसको मृत्यु), १८औँ शताब्दीको अन्त्यतिरको यलो फिवर (करिब १ लाख ५० हजार मानिसको मृत्यु), १८८९ तिरको रसियन फ्लु ( करिब १० लाखको मृत्यु) र त्यसै ताकाकोे हङ्कङ फ्लु (करिब २१ लाखको मृत्यु), १९१८ तिरको स्पेनिस फ्लु (करिब ४ करोड मानिसको मृत्यु), १९८१ देखि हालसम्म प्रभाव रहेको एचआइभी एड्स (३ करोडभन्दा बढी मानिसको मृत्यु), २००९—२०१० को स्वाइन फ्लु (करिब २ लाखको मृत्यु), २०१४—२०१६ को इबोला (११ हजारभन्दा बढीको मृत्यु र डिसेम्बर २०१९ देखि हालसम्मको कोभिड–१९ बाट ४९ लाखभन्दा बढी मानिसमा संक्रमण र ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भइसकेको र संक्रमण र मृत्यु हुने क्रम जारीसमेत रहेको ।

वातावरणीय विनाश, प्राकृतिक सम्पदाको दोहन, बढ्दो जनसंख्या, अव्यवस्थित बसोबास, अवैज्ञानिक भौतिक निर्माण र मानवीय जीवनशैलीमा आएको परिवर्तनले गर्दा महामारीका अझै जटिल सङ्कट निम्तने कुरामा विश्वास गर्न सकिन्छ भने विज्ञानको विकाससँगै भएको कनेक्टिभिटीको विकासले महामारीको फैलावटलाई झनै चुनौती थपिदिएको छ । जसरी इतिहासमा भएका महामारीबाट मानव समुदायले मुक्ति पायो वा महामारीकै बीचमा जीवन जिउन सक्ने बन्यो त्यसैगरी यस कोभिड–१९ को संक्रमणको क्रम पनि बिस्तारै घट्दै जान्छ र ढिलो–चाँडो मुक्ति पाइन्छ । यसको संक्रमणको जोखिम रहिरहेमा पनि यसैसँग सुरक्षित तरिकाले बाँच्न सक्ने भइन्छ । तसर्थ, सकारात्मक चिन्तन गरौँ तर अत्यधिक चिन्ता नगरौँ ।

वर्तमान अवस्था

संक्रामक रोग ऐन, २०२० बमोजिम सरकारले बन्दाबन्दीको आदेश जारी गरी निरन्तरता दिए पनि औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुहरु, खाद्यवस्तुलगायत कृषि तथा पशुपक्षीजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण, साना–ठूला विकास आयोजनाहरुको सञ्चालन र सोको लागि आवश्यक पर्ने सामग्रीको ढुवानी, बैंकिङ तथा वित्तीय संस्थाहरुको सेवा, सरकारी कार्यालयबाट दिइने अत्यावश्यक सेवाहरु सञ्चालनमा रहेकोले जनताले सेवा लिने स्थानहरुमा भीडभाड र सडकमा बाक्लो ट्राफिक देखिनु स्वाभाविकै हो । यसका अतिरिक्त भारतमा रहेका नेपालीहरु वैध–अवैध दुवैरुपमा नेपाल प्रवेश गर्ने क्रमसमेत बढेको छ भने भारतलगायत तेस्रो मुलुकबाट नेपालीहरु नेपाल भिœयाउनका लागि सरकारलाई दबाबसमेत परेको छ ।

जसका कारण यही लकडाउनको समयमै सरकारले नेपालीहरुलाई प्राथमिकताका आधारमा भारतलगायत तेस्रो मुलुकबाट व्यवस्थित र सुरक्षित तरिकाले नेपाल ल्याउनुको विकल्प देखिँदैन । नेपाल भित्रिँदै गर्दा नेपाल सरकारले गर्नुपर्ने उचित व्यवस्थापनको कुरा गर्दा वैशाख ३० गते भारतबाट नेपाल आई बाँके जिल्लाको नरैनापुरको क्वारेन्टाइनमा बसेको अवस्थामा अस्पतालसम्म आउन नपाई जेठ ४ गते दोस्रो नेपालीको मृत्यु भएबाट क्वारेन्टाइनको अवस्था र व्यवस्थापनसमेत कमजोर भएको स्पष्ट हुन्छ । एकातिर लकडाउनको आदेशकै अवधिमा हुँदै गएको बाक्लो मुभमेन्ट र अर्कोतिर विदेशवाट नेपाल आउने क्रम बढ्दो दरमा रहेको र संक्रमण समुदायमै प्रवेश गरिसकेकोले नेपालमा झनै संक्रमणको भय सृजना भएको छ । तसर्थ, सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोना संक्रमण नियन्त्रणमा लगाउनु पहिलो प्राथमिकता बनेको छ भने हामी सबै सचेत र सजग हुन जरूरी छ ।

लकडाउन कतिञ्जेल त ?

करिब २ महिनाको लकडाउनको आदेशले देशको अर्थतन्त्र धराशाही बन्दै गएको छ । लकडाउनकै अवधिमा खोलिएका उद्योगधन्दा, कलकारखानाहरु पनि वित्तीय सङ्कट, कच्चा पदार्थ, प्राविधिकलगायतका श्रमिक, बजार आदिको अभावका कारण पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु अधिकांश कामविहीन भएर बसेको अवस्थाले नेपालमा रेमिट्यान्स भित्रिन सकेको छैन । जसका कारण हिजोका दिनमा हात माथि पार्न सक्नेको समेत हातमुख जोर्न धौधौ पर्ने बेला आइसकेको छ भने हिजो पनि नहुनेको त कुरै गर्नु परेन । करिब दुई महिना लामो लकडाउनको अवस्था त्यसमा पनि अत्यावश्यक सेवाहरु सञ्चालनमा रहँदा त हाम्रो यो हाल भैसक्यो भने अझै लम्बिँदै गयो भने हाम्रो भविष्य के होला ? विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिलाका निर्देशक डा. माइक रायनले कोरोना भाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ, यो भाइरस कहिले हराउँछ भन्ने विषयमा कुनै अनुमान नगर्न भन्दै खोप बनेपछि पनि भाइरस नियन्त्रण गर्न निकै ठूलो प्रयत्न गर्नुपर्दछ भन्ने सन्देशले झनै सजग बन्नुपर्ने देखिन्छ । आमनागरिक भाइरस संक्रमणप्रति सजग भई आफ्ना दैनिकीहरु सञ्चालन गर्न सकेमा र सरकारले सिमानामा कडाइ तथा उचित व्यवस्थापन गर्दै परीक्षणलाई वृद्धि गरी आवश्यकताअनुसार क्वारेन्टाइन, आइसोलेसन र उपचारलाई व्यवस्थित गर्न सके यही जेठ २० गतेसम्मको लकडाउन पर्याप्त हुन सक्छ । हामी नागरिक सजग नहुने र अवसर छोप्दै, प्रहरीको आखा छल्दै हिँडिरहने, सरकारले सिमानाको आवतजावतलाई व्यवस्थित बनाउन नसक्ने र नाममात्रको परीक्षण गरिरहने हो भने लकडाउनको अवधि पनि अनुमान गर्न कठिन छ । हाम्रो लामो जीवन नै लकडाउनमा बित्न सक्छ ।

निष्कर्ष

सर्वप्रथम सरकारले जेठ २० गतेसम्म जारी गरेको लकडाउनको आदेशलाई पूर्ण पालना गर्नु हामी सबैको कर्तव्य भएकोले अत्यावश्यक कामबिना बाहिर निस्कन हुँदैन । त्यसका अतिरिक्त डा. रायनको “एचआइभी हराएको छैन, तर हामीले त्यससँग रहन सिकेका छौँ” भन्ने वाक्यांशलाई स्मरण गर्दै सन् १९८१ देखि सुरू भएको एचआइभी नहराएजस्तै कोरोना पनि नहराउन सक्छ, हामी यसैसँग बाँच्न सक्नुपर्दछ भन्दै मनोबल अभिवृद्धि गर्नुपर्दछ । खोप वा औषधि पत्ता नलागेसम्म हामीले स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने योग, आसन, प्राणायाम, व्यायाम आदि निरन्तररुपमा गर्दै स्वस्थ भान्छा व्यवस्थापन र दैनिक जीवन सञ्चालनमा कायम गर्नुपर्ने सामाजिक दूरीलाई विशेष ख्याल गर्नुपर्दछ । लकडाउनले मात्र समस्या समाधान हुने देखिँदैन, नागरिकहरुले पर्याप्त सजगता अपनाउन सकेमा, सरकारले पर्याप्त मात्रामा परीक्षणलगायतको समुचित स्वास्थ्य व्यवस्थापन र कडाइका साथ सीमा व्यवस्थापन गर्न सकेमा मात्र समस्या समाधान हुन सक्ने देखिन्छ ।

(लेखक सेवानिवृत्त प्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् ।)

pantasantosh23@gmail.com

Related Posts

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

महाराजको श्रीपेच

महाराजको श्रीपेच

अन‌ि यो पनि

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन
समाज

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले चार महिनाको अवधिमा आफ्नो गल्ती ढाकछोप गर्न आर्थिक प्रलोभन देखाउने १५...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In