ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

संविधानसभामा प्रस्तुत विधेयकले यौनहिंसाका अपराधिलाई क्षमादान दिन्न

by चितवन पोष्ट
२०७० चैत्र २८, शुक्रबार ०३:३६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

विधुर ढकाल
भरतपुर । सत्य निरुपरण तथा मेलमिलाप अयोग तथा वेपत्ता छानविन आयोग गठन विधेयकमा जघन्य मानव अधिकार उल्लंघनका दोषीलाई क्षमादान दिने गरी संविधानसभामा विधेयक पेश भएको भोलीपल्ट बिहीबार कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगानाले विधेयकले यौनजन्य अपराधका घटनाका दोषीलाई क्षमादान नदिने बताएका छन् ।
बुधबार संसदमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले विधेयक संसदमा पेश गरेका थिए । उक्त विधेयकले सशस्त्र युद्धमा युद्धरत पक्षबाट भएका गम्भिर मानव अधिकार उल्लंघनका दोषीलाई क्षमादान दिन खोजिएको आरोप लगाइरहेका बेला उनले यस्तो भनेका हुन् ।
बुधबार भरतपुरमा आयोजित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदबाट पारित प्रस्ताव नं. १३२५ र १८२०को सम्बन्धमा गरिएको अन्तक्रिया कार्यक्रममा उनले यस्तो भनेका हुन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सन् २००० अक्टुवर ३१ को ४२१३ औँ बैठकले पारित गरेको १३२५ र सन् २००८ जुन १९ मा सुरक्षा परिषद्को ५९१६ औँ बैठकले पारित गरेको प्रस्ताव नं. १८२० ले द्वन्द्वका समयमा महिला बालबालिकामाथि हुने यौनजन्य हिंसाको अन्त्य तथा संक्रमणकालिन न्याय व्यवस्थामा महिला तथा बालबालिकाको सहभागिता सुरक्षालगायतका हक तथा अधिकारको ग्यारेण्टि गरेको छ ।
प्रस्ताव नं. १८२० ले महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसालाई युद्धअपराध, मानवताविारेधी अपराध र नरसंहारभित्र राखी क्षमादान दिन नसकिने अपराधको रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । उक्त प्रस्तावको नेपाललगायतका १९५ मुलुकले समर्थन गरेको भन्दै सहसचिव ढुंगानाले युद्धका क्रममा भएका बलात्कार तथा यौनजन्य हिंसाका पिडकलाई क्षमादान दिन नसकिने बताए ।
पत्रकारहरुको एक जिज्ञासामा संविधानसभामा पेश भएको विदेयकको दफा २५ को कारवाही गरिने अपराध अन्तर्गत बलात्कारलाई राखिएको भन्दै क्षमादानको व्यवस्था नभएका उनले बताए । विधेयकको दफा २५ मा कारवाही गरिने अपराध र दफा २६ मा क्षमादान दिन सकिने व्यवस्था रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै सहसचिव ढुंगानाले संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनमा सबैपक्षको महत्वपूर्ण भुमिका रहेको बताए ।
दुवै प्रस्तावमा सशस्त्र द्वन्द्व र सङ्क्रमणकालीन अवस्थामा महिला र बालिका विभिन्न हिंसा, शोषण र भेदभाव जन्य व्यवहारबाट पीडित हुने गरेकोमा त्यसलाई रोक्नका लागि महत्वपूर्ण बु“दाहरु समावेश गरिएका छन् ।
त्यसैगरी हरेक क्षेत्रमा महिलाको सहभागिता, सशक्तीकरण र सुरक्षाका विषयलाई पनि प्रस्तावहरुले समेटेका छन् । सहसचिव ढुङ्गानाले ती प्रस्तावहरु कार्यान्वयनका लागि सरकारले राष्ट्रिय कार्ययोजना निर्माण गरी महिलाको सहभागिता, उनीहरुविरुद्ध हिंसात्मक घटनाको रोकथाम, सुरक्षाको प्रबद्र्धन, पीडितलाई राहत र स्रोत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
नेपालमा दस वर्षे सशस्त्र द्वन्द्व, मधेस आन्दोलन र उन्नाइस दिने जनआन्दोलनलाई लक्षित गरी बन्न लागेको  सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन अयोगले ती प्रस्तावलाई सहयोग पुग्ने गरी काम गर्ने उनले बताए ।
नेपालमा नेपालले प्रस्ताव कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना २०६७÷०६८–०७१÷०७२ लागु गरेको छ । उक्त कार्यायोजना कार्यान्वयनका लागि परराष्ट्रमन्त्रीको संयोजकत्वमा निर्देशक समिति र शान्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा राष्ट्रिय कार्यान्वयन समिति गठन गर्ने प्रावधान रहेको छ । त्यस्तै जिल्लामा कार्ययोजना कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय कार्ययोजना कार्यान्वयन समिति गठन गर्ने प्रावधान रहेको छ ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने
समाज

द्वन्द्व प्रभावित परिवार निराश

रुपन्देही । तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ ।...

Read more
Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

Chitwan Post

चितवनमा ३५ जनाले गरे रक्तदान

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In