ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आत्मवृत्तान्तको ऐनामा

by चितवन पोष्ट
२०७० चैत्र २८, शुक्रबार ०३:०५ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिल्ली सम्झौता
परिच्छेद ३२ को अन्ततिर बीपी भन्छन्– ‘हामीहरुको मोहन शमशेरको ग्रुपस“ग कुनै कुरा भएन, सम्झौता गर्ने प्रक्रियामा । कुराहरु जवाहरलालजीमार्पmत भए । जवाहरलाल नेहरूले पनि कुनै ठोस कुरा गरेका होइनन् र राजाले त्यसमा कुनै भाग लिएका होइनन् । अरुहरुस“ग कुरा गरेको भए मलाई थाहा छैन । एउटा काल्पनिक कुरा हो, दिल्ली सम्झौता भनेको ।’ जुन दिल्ली सम्झौताले एक सय चार वर्षे जहानियाँ राणाशासन समाप्त पार्ने नेपाली कांग्रेसको आन्दोलनलाई विजयमा अन्त गरेको मानिन्छ, त्यो सम्झौतालाई नेपाली कांग्रेसका सर्वेसर्वा नेता काल्पनिक भन्दछन् भने यसको गहन अर्थ लाग्छ । उनको यो भनाइको विश्लेषण गर्न केवल आत्मवृत्तान्त पुस्तकका तथ्यहरु मात्र काफी हुँदैनन् । यदि यही पुस्तकको सेरोफेरोमा मात्र हेरियो भने बीपी आत्मकेन्द्रित तथा केवल सहयोगीहरुको मेहेनतमा मात्र ठूला भएका व्यक्ति देखिन जान्छन् । तर, विराटनगर जुट मिल काण्डमा नेतृत्व दिन आउनु, काठमाडौँ संगठन बलियो बनाउन आफू पक्राउ पर्ने खतरा मोलेर पनि आफैँ जानुले उनी आफैँ मेहेनत गर्थे, सहयोगीको मात्र काममा भर पर्दैन थिए भन्ने जनाउँछ । यसबाहेक पनि अनेक प्रसंग छन् जुन उनले आत्मवृत्तान्तमा उल्लेख गरेको मात्र हैन, इतिहासमा समेत आइसकेका छन्, जसले खटाउने नेताभन्दा उनी खट्ने नेता थिए भन्ने सावित गर्छ । कांग्रेस नेतृत्वसँग रूष्ट के. आई. सिंहलाई भेट्न ज्यान हत्केलामा राखेर गएका छन् ।
मूलतः त्रिपक्षीय भने पनि दिल्ली सम्झौतामा धेरै पक्ष देखा परेका छन् । राजा, राणा र नेपाली कांग्रेस तीन पक्षबीच सम्झौता भएको भनेर इतिहासकारहरुले लेखे पनि त्यसैको एक पक्षका नेताले आफ्नो संलग्नता नभएको भनिसकेपछि घोषित तीन पक्षबाहेक अघोषित कुन–कुन पक्ष त्यसमा हाबी थिए भन्ने कुरा खोतल्न जरूरी छ । माथि उल्लेखित अनुच्छेद नै धेरै कुराको वर्णन गर्न पर्याप्त छ । यसमा हेर्दा के भान पर्दछ भने घोषित तीन पक्षमा नेपाली कांग्रेसको भूमिकालाई नेहरूले ढाकेका थिए । भारत स्वतन्त्रता आन्दोलनका एक आन्दोलनकारीकै रुपमा नेहरूलाई हेरेर उनबाट असल व्यवहारको आशा गरेका बीपीलाई नेहरूबाट पटकपटक धोका भएको देखिन्छ । तैपनि, बीपी किन चेतेनन् वा उनको के विवशता थियो भन्ने कुरा हेर्न राजा, राणा, नेहरू र नेपाली कांग्रेसको तात्कालिक मूल्यांकन गर्न आवश्यक हुन्छ ।
अंग्रेजसँग घेरै युद्ध भए पनि राणाकालमा अंग्रेजसँग सम्बन्ध सुधार गर्ने नीति लिएको देखिन्छ । राजालाई प्रतीकका रुपमा राखेर सबै शासनको हालीमुहाली आफूले लिने क्रममा अंग्रेजसँग पनि लड्नु परेको भए टिक्न गाह्रो हुनेथियो । यही आँकलन गरेर राणाहरुले भारतीय बेलायती फौजमा नेपालीलाई भर्ना खुल्ला गरेर अंग्रेज रिझाउने सफल प्रयत्न गरिएको थियो । भनिन्छ, सिपाही विद्रोह र जलियावाला वागकाण्डमा अंग्रेजहरुले गोरखा राइफल्स प्रयोग गरेका थिए । यसै क्रममा अंग्रेजले भारत छोडिसकेपछि हैदरावादमा सैनिक कारबाही गर्दा राणाहरुले नेपाली फौजले मद्दत गर्ने प्रस्तावसमेत गरेका थिए । त्यसलाई सरदार पटेलले अस्वीकर गरेपछि स्वतन्त्र भारतले आफू प्रति नरम भाव नराखेको राणाहरुले बुझिसकेका थिए । त्यसैले, भारतलाई रिझाएर आफ्नो शासन लम्ब्याउन सकिन्छ भन्ने उनीहरुलाई लागेकोले नेहरूको कुरा सुन्न र मान्न उनीहरु बाध्य थिए ।
सानैदेखि राणाहरुको नियन्त्रणमा भएकाले र राजाले टाउको उठाउन नपाऊन् भन्ने ध्येयसाथ पालनपोषण गरिएकाले राजा त्रिभुवन राणाहरुको कामकुराको खुल्ला विरोध गर्न सक्दैन थिए । आफू राजा भएर पनि आफ्नो आवश्यकता पूर्तिका निमित्त राणाहरुको अगाडि हात पैmलाउनु पर्ने अवस्था र आफ्नो सानोभन्दा सानो कुरा पनि राणा प्रधानमन्त्रीहरुले काट्ने गरेकाले त्रिभुवन आफूलाई एक प्रकारको बन्धनमा भएको महसुस गर्दै थिए । यस्तो अवस्थामा आफूलाई स्वतन्त्र बनाउन गरिने हरेकजसो प्रयत्नमा उनको सकेसम्मको समर्थन र सहयोग हुने गरेको थियो । नेपाली कांग्रेसको आफूलाई पाल्पा लैजाने र त्यहाँ नया“ राज्य घोषणा गर्ने योजना असफल भएपछि भारतको सहयोगको प्रस्ताव उनले अस्वीकार गर्न नसकेको जस्तो देखिन्छ । जसरी भए पनि राणाहरुको निसास्सिने व्यवहारबाट आफू र मुलुकलाई मुक्त गर्ने उनको लक्ष देखिन्छ । तर, महेन्द्रमा भने जसरी भए पनि भन्दा सम्मानजनक हुनुपर्ने सोचको छनक आत्मवृत्तान्तमा अनेक स्थानमा देखिन्छ ।
नेपाली कांग्रेसले भारतभूमि र भारतीय सहानुभूति आफ्नो राणाविरोधी आन्दोलनमा पाएकाले नेहरूलाई आवश्यकताभन्दा ज्यादा भरोसा गरेको देखिन्छ । त्यसबाहेक राजा पनि नेहरूको पाहुना भएर रहेकाले र आफ्नो भेट राजासँग सीधै हुन नसक्ने परिस्थिति पारिएकाले क्रान्ति सफल गर्न नेहरूको भरोसा नगरी नहुने जस्तो परिस्थिति पनि विद्यमान भएको देखिन्छ, वा जयप्रकाश नारायण, राममनोहर लोहिया आदिको सकृय समर्थन अनि आफ्नो सोसलिस्ट पार्टीमा गरेको लगानीले नेहरू विपरीत भइहाले पनि आफूले सम्हाल्न सक्छु भन्ने आत्मविश्वास बीपीमा भएको हुन सक्छ । यसै क्रममा आफू गान्धीजीसँग समर्थन माग्न गएको र गान्धीजीले आजकल मेरा मान्छेहरु नै मेरा कुरा मान्दैनन् भनेको प्रसंग पनि बीपीले अत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।
अंग्रेजले भारत छोड्दा भारत स्वतन्त्रता ऐन १९४७ लाई आधार बनाएका थिए । त्यस ऐनले उपनिवेश भएका रियासतहरुका बारेमा मात्र उल्लेख गरेको थियो । सिक्किम, भुटान तथा नेपाल अंग्रेजका अधीन नभएकाले ती मुलुकमा त्यो ऐन प्रभावी हुने थिएन । त्यसैले, यी छिमेकी मुलुकहरुमा आफ्नो प्रभाव जमाउन भारतलाई ती मुलुकका आन्तरिक विषयमा प्रवेश गर्न आवश्यक थियो । राणाविरोधी आन्दोलनमा मध्यस्थता गर्ने काममा उसले कम से कम नेपालको आन्तरिक प्रशासनमा पैठ पाउने थियो । राजा र राणाको विवशता नेहरूलाई ज्ञात थियो । केवल बीपीलाई कहिले नरम कहिले गरम भएर साथ राख्नु थियोे । त्यो काम प्रधानमन्त्री नेहरूले कुशलतापूर्वक सम्पन्न गरे । राजा, राणा र भारतबीच भएको त्रिपक्षीय सम्झौतालाई राजा, राणा र नेपाली कांग्रेसबीच भएको भान दिन सफल भए । त्यसैले, यो दिल्ली सम्झौता भनेको नेपाली कांग्रेसका निमित्त काल्पनिक कुरा थियो । त्यही कुरा बीपीले उल्लेख गरेका छन् । अझ त्यो सम्झौता कार्यान्वयन समयमा नेहरूको भूमिका सक्रिय देखिएको छ, जसको अलग विश्लेषण आवश्यक छ ।

Related Posts

वन्यजन्तुपालनसम्बन्धी कानुनी व्यवस्था

वन्यजन्तुपालनसम्बन्धी कानुनी व्यवस्था

पछाडिको ठक्कर : कारण र समाधान

पछाडिको ठक्कर : कारण र समाधान

ईश्वर एक, रुप अनेक [लक्ष्मणरेखा]

ईश्वर एक, रुप अनेक [लक्ष्मणरेखा]

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In