अध्यक्ष श्रेष्ठले पूर्वी चितवनको आर्थिक र सामाजिक विकासको लागि काम गर्ने बताउनुभएको छ । निर्वाचित भएलगतै चितवन पोष्टसँग कुराकानी गर्दै उहाँले निजी क्षेत्रवाट समाजले गरेको अपेक्षा पूरा गर्न आफू तयार रहेको बताउनुभयो ।
संघको संस्थागत विकास र व्यवसायिक एकताका लागि अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उहाँले आफ्नो कार्यकालमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस क्षेत्रको कृषि र पर्यटनको व्यवसायीकरणको लागि कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो ।
पर्सा बजारको दीर्घकालीन विकास आफ्नो प्रमुख काम भएको भन्दै उहाँले बजार व्यवस्थित गर्ने काम तत्काल सुरू गर्ने जानकारी दिनुभयो । संघको कार्यक्षेत्र रत्ननगरको पूर्वी भेगदेखि लोथरसम्मका व्यवसायीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
श्रेष्ठले संघको कार्यालय निर्माण, पर्सा बजार क्षेत्रको फोहोर मैला तथा ढल व्यवस्थापन गर्ने, शिक्षा तथा पर्यटन क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीहरुको लागि छुट्टै फिडरको व्यवस्था गरी यस क्षेत्रका सहायक मार्गहरुको स्तोरन्नतीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
Discussion about this post