खैरहनी । गरिवी तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न खैरहनी उच्च माविमा स्थापना गरिएको अक्षयकोषमा रकम बढदै गएको छ । आर्थिक अवस्था कमजोर भएर पढन नसक्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सो विद्यालयमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको थियो ।
२०४७ सालबाट सुरु गरिएको अक्षय कोषमा अहिलेसम्म ११ लाख जम्मा भइसकेको अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलले जानकारी दिए । कोषले २०६९÷७० मा ९० हजारको ७३ जनालाई तथा चालु आर्थिक वर्षमा १ लाखको ५५ जनालाई छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए ।
अक्षरकोषमा १ हजारभन्दा माथी सहयोग लिने गरिएको छ । विवाह, ब्रतबन्ध लगायतका कामहरु गर्दा हुने खर्च कटाएर अक्षयकोषमा सहयोग गर्न अपिल गरिएको छ । सोहीअनुसार जन्मदिन, ब्रतबन्ध, चौरासी पूजा, विवाहको अवसरमा सहयोग आउने गरेको अध्यक्ष गजुरेलले बताए ।
अक्षयकोषबाट ११ र १२ कक्षामा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । अक्षयकोषमा एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको र सोहीअनुसार रकम संकलन भइरहेको उनले बताए ।
Discussion about this post