ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तालिमबाट उपभोक्ता लाभान्वित

by चितवन पोष्ट
२०७० चैत्र २६, बुधबार ०३:४० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । भरतपुर–२ आँपटारीमा अवस्थित जलदेवी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको सीपमूलक तालिमले उपभोक्ता लाभान्वित भएका छन् । वन समूहले अहिले महिला उपभोक्तालाई लक्षित गरी कुशन निर्माण तालिम सञ्चालन गरिरहेको छ । चैत १६ गतेबाट वैशाख १ गतेसम्म आयोजित तालिममा वन समूहका २२ जना महिला उपभोक्ताले सहभागिता जनाएका छन् ।
उनीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । तालिमले उपभोक्ताहरुलाई आत्मनिर्भर गराई जीविकोपार्जनमा सहजता मिल्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।
वन समूहले सिलाई कटाई, बिरगेड निर्माण, वन व्यवस्थापन तालिम पनि यसअघि उपभोक्ताका माझमा सञ्चालन गरिसकेको जनाउँदै अध्यक्ष श्रेष्ठले उपभोक्ता आत्मनिर्भर बनेपछि वन संरक्षणमा समेत सघाउ पुगेको अनुभव सुनाए ।
वन समूहकी उपाध्यक्ष सुकमाया भुजेलले वनमा घाँस दाउरा गर्न महिलाहरु नै बढी मात्रामा भेटिएकाले उनीहरुलाई सीपमूलक तालिम प्रदान गरेपछि त्यसमा कमी आई संरक्षणमा सहयोग पुगेको बताए । तालिम अत्यन्त जीवन उपयोगी एवम् आयआर्जनमा सहयोगी हुने सहभागीहरुको भनाइ थियो ।
जलदेवी सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई तालिमका साथै विपन्न परिवारका बालबालिकालाई विद्यालयमा छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ । हाल भरतपुरका विभिन्न विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई छात्रवृत्ति दिइएको वन समूहका सचिव केशवबहादुर थापाले जानकारी दिए ।
४४८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनमा करिव ११ सय उपभोक्ता रहेको वन समूहका सदस्य भोजराज देवकोटाले जानकारी दिए । सोही वन क्षेत्रभित्रै विभिन्न समुदायको अन्तिम संस्कार गर्ने स्थान बनाइएको र भरतपुरका वेवारिसे शवहरुलाई पनि त्यही गाड्ने गरिएकोमा भने स्थानीय उपभोक्ताले गुनासो गर्दै स्थानान्तरण गर्नुपर्ने जनाएका छन् ।

Related Posts

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In