खैरहनी । खैरहनी उद्योग वाणिज्य संघको छैठौं साधरण सभा तथा अधिवेशन सोमवारवाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटीको भवनमा सुरु भएको अधिबेशनको चितवन क्षेत्र नम्वर १ का सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पाण्डेले चितवनको आर्थिक र सामाजिक विकासको लागि कृषि र पर्यटनलाई व्यवसायिकरण गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रको प्रयासमा मात्र विकास सम्भव रहेको भन्दै उहाँले त्यसका लागि निजी क्षेत्रले जिम्मेवारी वोध गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चितवन क्षेत्र नम्वर २ का सभासद् शेषनाथ अधिकारीले पूर्वी चितवनमा प्रस्ताव गरिएका राष्टिय योजनाहरुको निर्माणको लागि जिल्ला तथा केन्द्रीय स्तर सम्म पहल गर्ने बताउनुभयो । उहाँले टिकौलीमा प्रस्तावित रंगशाला निर्माणको लागि दवाव संगै पहलको खाचो रहेको बताउनुभयो । साधरण सभाको बन्दसत्रमा महासचिव रामबाबु खरालले कार्यप्रगति प्रतिवेदन,कोषाध्यक्ष निरञ्जन शर्मा रिमालले आयव्याय विवरण तथा अध्यक्ष केशबराज पाण्डले भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संघको नयाँ नेतृत्वको लागि आज मंगलवार विहान निर्वाचन हुदैछ । संघको नेतृत्वको लागि गुणराज श्रेष्ठ र नवराज डल्लाकोटी बीच प्रतिस्पर्धा हुदैछ । खैरहनी उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष र अन्य सदस्य निर्वाचित भएर आउने र पछि सहमतिको आधारमा पदाधिकारी चयन गर्ने व्यवस्था भए अनुसार निर्वाचन वाट एक अध्यक्ष सहित उद्योग तर्फ ९ र बाणिज्य तर्फ ६ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । निर्वाचनमा उद्योगतर्फ शिवप्रसाद पाण्डे,रामबाबु खराल,रामेश्वर पोखरेल,परशुराम पाठक,चन्द्रकुुमारी चैधरी,केदारनाथ डल्लाकोटी,सिताराम डल्लाकोटी, अशोक न्यौपाने,कमला देवी श्रेष्ठ,चुडा बहादुर कार्की,जगत बहादुर पाण्डे,शिवहरि उप्रेती,दीपकलाल श्रेष्ठले उम्मेदवारी दिएका छन । त्यसैगरी वाणिज्यण् तर्फ सदस्यमा अर्जुन लम्साल,विरबहादुर श्रेष्ठ,बुद्धिराज डल्लाकोटी,लालमणि कुँवर,मगरा चौधरी,विष्णु कुमार श्रेष्ठ,प्रतिभा श्रेष्ठ, कुमार खनाल,केदार बर्तौला,चन्द्र प्रसाद सापकोटा,जयराम ढकाल,बलराम बर्तौला,विनय सढौला,रामचन्द्र डल्लाकोटी,रामेश्वर बर्तौला र शेषकुमारी ओलीले उम्ेदवारी दिएका छन । स्पष्ट दुई प्यानल बनाएर व्यवसायीहरु निर्वाचनमा होमिएका छन । श्रेष्ठ नेपाली काँग्रेस र एमाले निकटका व्यवसायीहरुको प्यानलवाट अध्यक्षको उम्मेदवार र डल्लाकोटी एमाओवादी र साना दल जिकटका प्यवसायीहरुको प्यानलवाट अध्यक्षको उम्मेदवार बनेका हुन । निर्वाचनमा ४६८ जनाले मताधिकार प्रयोग गर्न पाउने छन । ती मध्य ६ जना एसोसिएट सदस्य रहेका छन । अधिल्लो साधरण सभा हुदा सो उद्योग वाणिज्य संघको सदस्य संख्या २३७ रहेको संघका अध्यक्ष केशवराज पाठकले जानकारी दिनुभयो ।
Discussion about this post