रत्ननगर । कृषि क्षेत्रमा बढ्दो आधुनिकीकरण, नयाँ प्रविधि प्रयोग र कृषि यान्त्रीकरणको मह¤वलाई टेवा पु¥याउने उद्देश्यले सोमबार केरा खेती गर्ने व्यावसायिक कृषकहरुलाई हाते ट्रयाक्टर (पावर टिलर) वितरण भएको छ ।
नेपाल सरकार कृषि विकास कार्यालय भरतपुर तथा उद्योग वाणिज्य संघ चितवनको प्रत्यक्ष संलग्नतामा लागू भएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत चितवनलाई केरा खेतीमा प्रबद्र्धन गर्नका लागि चितवन केरा व्यवसायीको प्रत्यक्ष संलग्नतामा यो कार्यक्रम लागू गरिएको हो । चितवनको पदमपुर, जुटपानी, पिठुवा, रत्ननगर नगरपालिका र जगतपुरमा यो कार्यक्रम लागू भएको छ ।
‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत ५० प्रतिशत नगदसहित केरा व्यवसायी समिति चितवनसँग आवद्ध १० वटा कृषक समूहरुलाई १÷१ वटा गरी १० वटा ट्रयाक्टर वितरण गरिएको थियो ।
कार्यक्रमका सभापति उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले यन्त्रको प्रयोगले समयको बचत र वस्तुको उत्पादन पनि गुणस्तर हुने भएकोले कृषि क्षेत्रमा भइरहेको नयाँ प्रविधिको विकासलाई आत्मसात् गर्दै प्रविधिको उच्चतम प्रयोग गर्दै गएमा अझ बढी व्यावसायिक बन्न सकिने बताए ।
यसैबीच, केरा खेतीका विषयमा २०७० भदौमा हावाहुरीले भएको क्षतिका विषयमा पनि उद्योग वाणिज्य संघ चितवन र ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमको तर्पmबाट पूर्ण रुपमा नेपाल उद्योग वाणिज्य महासंघमार्फत् सम्बन्धित निकायहरुमा पहल भइरहेको जानकारी गराए ।
जिल्ला कृषि विकास कार्यालय भरतपुर चितवनका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले नेपाल सरकार कृषि मन्त्रालय पनि यस विषयमा पूर्ण रूपमा सहमत रहेको र अर्थ मन्त्रालयको तर्फबाट कार्यमा ढिलाई रहेको समेत जानकारी गराए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक एवम् ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम जिल्ला कार्यान्वयन समितिका सदस्य सचिव रसिक प्रधान, जिल्ला कृषि विकास कार्यालय, बागबानी अधिकृत धनबहादुर थापा, केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदी, प्राविधि रामलाल श्रेष्ठआदिको उपस्थिति रहेको थियो ।
Discussion about this post