नारायणगढ । प्रजातान्त्रिक विचार समाजको १६ औँ केन्द्रीय साधारण सभा एवम् अधिवेशनले डा.केदार नरसिंह केसीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा कुलचन्द्र वाग्ले निर्वाचित भएका छन् भने महासचिवमा सुरेशकुमार भट्ट निर्विरोध भएका छन् । यस्तै सचिवमा डा. ईश्वरीराज लौडारी निर्वाचित भए भने कोषाध्यक्षमा डा. विमला शाक्य निर्विरोध भएकी छन् ।
यस्तै, सदस्यहरुमा जगदीश्वर खनाल, सीभी मल्ल, गोकर्ण अर्याल, ई.अनुराधा शर्मा अधिकारी, शिवकुमार यादव, प्रा.डा. वेदनाथ शर्मा, दिव्यलक्ष्मी बज्राचार्य, मेनका राजभण्डारी, गोविन्दप्रसाद गुरागाई, कमलप्रसाद इटनी, भरत राउत, चन्द्रकान्त सुवेदी, पुष्पमान श्रेष्ठ, दिपेन्द्रविक्रम सिजापति र वीरेन्द्रप्रसाद थपलिया र सुदर्शनराज उपाध्याय बराबर भएका छन् ।
–जमुना गौतम (प्रशिक्षार्थी)
Discussion about this post