भरतपुर । अन्तर मिडिया जिल्ला स्तरीय सुपर सिक्स क्रिकेट उपाधि रेडियो अर्पणले जितेको छ । सोमबार भएको फाइनल प्रतिस्पर्धामा अभियान टेलिभिजनलाई १३ रनले पराजित गर्दै रेडियो अर्पणले उपाधि जितेको हो । वीरेन्द्र क्याम्पस मैदानमा टस जितेर पहिले व्याटिङ गरेको रेडियो अर्पणले निर्धारित ६ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा ५७ रन जोडेको थियो ।
अर्पणका लागि राजनदिल गुरुङले सर्वाधिक १७ रनको योगदान दिए भने लक्ष्मण सापकोटाले १५ तथा धु्रवराज खनालले ९ रन जोडे । ५८ रनको चुनौतीका साथ जवाफी व्याटिङमा उत्रिएको अभियान टेलिभिजन निर्धारित ओभरमा ४४ रनमै सीमित रह्यो ।
१ विकेट लिएर १७ रन बनाएका रेडियो अर्पणका राजनदिल गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । विजनेश लहर साप्ताहिक पत्रिकाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । विजेता टोलीलाई वार्षिकोत्सव समापन समारोहका दिन वैशाख १ गते पुरस्कृत गरिने पत्रिकाका प्रकाशक तथा सम्पादक रामेश्वर रिजालले जानकारी दिनुभयो । सोमबार भएको सेमिफाइनलमा रेडियो अर्पणले खेलकुद पत्रकार मञ्च चितवनलाई तथा अभियान टेलिभिजनले चितवन पोष्ट दैनिकलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।
Discussion about this post