नारायणगढ । श्रीमद्भागवत विश्वजागरण शालिग्राम धार्मिक महामहोत्सवको तयारी तीव्र पारिएको छ । आगामी वैशाख ७ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारमा सुरू हुने महोत्सवस्थलमा ध्वजाहरण पण्डाल लगाउने क्रम सुरू भएको छ ।
यस्तै, महोत्सव सफल बनाउन कावासोतीमा नारायण भुर्तेलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ । यसैगरी नवलपरासीको कावासोतीको शिवालय मन्दिरमा भएको भेला सम्पन्न भएको महामहोत्सव मुल आयोजक समितिका सदस्य चन्द्रकान्त काफ्ले जानकारी दिनुभयो ।
यसैबीच नवलपरासीको गैडी दुर्गा भवानीको मन्दिरमा ईश्वर कृष्णमहाराज जीद्वारा मन्दिर मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।
ज्येष्ठ नागरिकका लागि सेवा आश्रम निर्माण गर्ने उद्देश्यसहित चितवनमा श्रीमद्भागवत विश्वजागरण शालिग्राम धार्मिक महामहोत्सव आयोजना गर्न लागिएकोे हो । नेपालमा रहेका धार्मिक तीर्थस्थलको विश्वव्यापी प्रचारप्रसारका लागि स्वदेशी र विदेशी संचारमाध्यम, रेडियो तथा टिभी च्यानलहरुमा समेत प्रत्यÔ प्रसारण गरिने आयोजकले जनाएको छ ।
Discussion about this post