ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बढ्दो शैक्षिक अराजकता

by चितवन पोष्ट
२०७० चैत्र २५, मंगलवार ०२:११ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रमेश सापकोटा
शिक्षा मानवजीवनको एउटा सुन्दर आयाम हो । यहाँभित्र अनेक किसिमका सिकाइ, भोगाइ र गराइका अभ्यासबाट शिक्षाको सुन्दर पक्षलाई अप्रेसन गरिन्छ, जुन शिक्षाको एउटा कुशल पक्षभित्रको स्वर्णिम उदाहरण हो । सिकाइ, गराइ र भोगाइ जीवन सफल बनाउने सूत्र हुन् । जुन कुराले जीवनका अनेक मोडहरुमा झकझक्याउँछ र अगाडि बढ्न वा भनौँ जीवनलाई सार्थकमय बनाउन अभिप्रेरित गर्दछ । हुन त, शिक्षा आदानप्रदानका अनेक किसिमका तरिका छन् । सिकेका अनेक किसिमका सिकाइलाई व्यवहारीकरण गर्ने वा नगर्ने भन्ने धारणा पनि जीवित छ, तर एक सजीव प्राणीभित्रको चेतनशील प्राणी मानवजाति भएकाले उसका लागि शिक्षा एक अपरिहार्य आवश्यकता हो । एक्काइसौँ शताब्दीको अन्त्यतिर पनि हामी नेपाली मानवजीवनमा शिक्षाको आवश्यकता छ भनेर व्याख्या, विश्लेषण गर्छौँ । मानवका लागि शिक्षामा हाम्रो हातेमालो र सहकार्य भन्दै धेरै कार्यक्रममा सम्झौता गर्छौँ । अन्तक्र्रियाको नाममा अर्बौं सकाउँछौँ । निष्कर्षबिनाको शैक्षिक अन्तक्र्रियाले अझै पनि शिक्षाजस्तो संवेदनशील विषयको खिल्ली उडाइरहेको छ, शिवरात्रिमा साधुले गाँजा तानेजस्तो फु–फु–फुफुुफुफुफु…..जस्तो गरेर ।
एउटा नाबालकका लागि शिक्षा दिने प्रमुख स्रोत भनेको आमा नै हुन् । एउटा आमाको शिक्षाबाट बालक सफल प्रायः हुन असम्भव छ । किनकि, अब हामी गुणस्तरीय शिक्षासँग प्रतिस्पर्धा गर्नुपर्ने जटिल मोडमा आइपुगेका छौँ । यसलाई सफल बनाउन धेरै शैक्षिक संस्था निर्माण भएका छन्, कुनै सरकारी त कुनै गैरसरकारी । जे, जुनसुकै स्वामित्वमा रहेर सञ्चालन भए पनि शिक्षा मानवजीवनका लागि एउटा निर्विकल्प यात्रा हो । यसमा हामी सबैको चेतना जागृत हुनु आवश्यक छ ।
शिक्षामा हामी अझै पनि पछाडि छौँ । हाम्रा अगुवाले पनि क ख ग नै पढे र हामी हाम्रा छोराछोरीलाई पनि क ख ग नै पढाउँछौँ, जुन पक्ष दुःखद् हो । किनकि, प्रक्रिया र पद्धतिलाई समयसापेक्ष बदल्न सकिएन भने त्यसबाट उत्पादित उत्पादनले राम्रो बजार ओगट्न सक्दैन । सयमा एकको कुरा छोडेर विश्लेषण गर्ने नै हो भने पनि हामी शिक्षामा हरिस्वाँठ नै छौँ । अर्थात्, धेरै पछाडि छौँ, जसको प्रमुख कारण भनेको शिक्षण सिकाइको तरिका, प्रक्रिया र त्यसलाई उपयोग गर्न नसकिएको अवस्था हो । हिसाब गर्दै जाँदा शून्यको मान्यता नभएझैँ छन्, हामीले गरेका हरेक शिक्षण सिकाइ क्रियाकलापहरु । फलस्वरुप, शिक्षा उत्पादनशील हुन सकेको छैन । यसको प्रमुख कारक त¤व वा अपजस भनेका शिक्षक हुन्, जसमा आजसम्म पनि शिक्षकको खोक्रो आडम्बर हट्न सकेको छैन ।
प्रगतिशील, प्रगतिवादी र क्रान्तिकारी कुरा गरेर नथाक्ने माक्र्स, माओ, लेनिन र बीपीको व्याख्या अनि विश्लेषणका हरेक शब्दमा खण्डन गर्ने क्षमता राख्ने संगठनको आडमा शिक्षक, शिक्षकबीच तमासा मच्चाउने, आधुनिक सञ्चार प्रविधिसँग साक्षात्कार गर्न नसक्ने, म र मेरो मात्र भन्ने, हामी र हाम्रो भन्ने, बोल्नै नजान्ने, अभागी र खोक्रे राजनीतिक विचार भएका शिक्षकको बादशाह व्यवहारले पनि आजसम्म शिक्षाले गुणस्तरीयता पाउन नसकेको विश्लेषण हामी आफैँले मात्र गर्न सके पनि शिक्षा केही हद भने सुध्रिने पक्का छ ।
शिक्षाको मस्यौदा, आचारसंहिता, आदेशात्मक पत्रजस्ता विविध निर्देशनात्मक पत्रले अझै पनि शिक्षकको दिमागमा सोच्न सक्ने ठाउँ ओगटेको छैन । २० जना विद्यार्थीको अगाडि पढाउँदा खुट्टा कामेर रातोपिरो हुने शिक्षकको संख्यामा अझै कमी हुन सकेको छैन । शिक्षा कार्यालयले गर्ने हरेक कार्यक्रम म गर्छु, तँ हेर भन्ने अवस्थामा पुगेको छ । यसको कारणले शिक्षक सबल र सक्षम बन्नुको सट्टा झन् पछाडि परिरहेका छन् । स्वास्थ्य तथा जनसंख्यामा ग्राजुयट गरेकाले अझै प्रजनन् र स्वास्थ्यका बारेमा पढ्न संकोच मान्छन् । अङ्ग्रेजीमा विद्यावारिधि गरेकाले शेक्सपियरको जीवनी ‘अन दी स्पोट’ भन्न सक्दैनन् । कोर्षभन्दा बाहिरको एउटा हिसाबको उत्तर दिन नसकेर भोलिको भाका माग्ने शिक्षकको संख्यामा कमी हुन सकेको छैन, जसको कारणले शिक्षाको गुणस्तरीयता घटेको छ, साक्षरता बढेको छ । गतिबिनाको हिँडाइजस्तो अनुभूति अन्तर्मनमा उत्पन्न भएको छ । एक शैक्षिक सत्रको अध्ययन तीन घन्टामा लेखिसक्नु पर्ने बाध्यकारी रणनीतिले अझै प्रश्रय पाएको छ ।
हेडमास्टरले विद्यार्थीमाथि गर्ने दादागिरीमा अझै कमी आएको छैन । लचकदार हुनुको सट्टा शानदार हुने शिक्षकको संख्या बढ्दो छ । यसले देशको समग्र शिक्षाप्रणालीलाई तारेभीरबाट गुल्टाउँदै यसमा हाम्रो खबरदारी र गहिरो दृष्टिकोणले व्यापकता पाउन सकेन भने हामीले शिक्षामा गरेको लगानी सावाँसहित डुब्ने निश्चित प्रायः नै छ । यसतर्फ हाम्रो सजगता देखिन आवश्यक छ । किनकि, अर्थबिनाको शब्द र छानोबिनाको घरले अर्थ राख्दैन ।
हामी शिक्षामा क्रान्तिका कुरा गर्छौं । शिक्षित र स्वावलम्बनका नारा लगाउँछौँ । रोजगारी र आर्थिक सुधारका अभ्यासमा भाग लिन्छौँ, तर हामी सफल हुन सक्दैनौँ । यसको प्रमुख कारण भनेको सरकारले स्थायी कारिन्दा सोच्ने र भविष्य देख्न नसक्ने कल्पनाशक्तिको कमी हो । जसरी हुन्छ बजेट सिध्याउने ख्यालख्याले मानसिकताले प्रभावित तिनीहरुको पैसाप्रतिको ज्यादा तृष्णाले पनि शिक्षा, शिक्षाजस्तो सम्मानित बन्न सकेको छैन । यसलाई हामीमध्ये धेरैले बुझेका छौँ, तर हामी त्यसलाई ओकल्न सक्दैनौँ, जसको कारण हाम्रो शिक्षाप्रणालीमा कब्जियत रोग लाग्ने निश्चित छ ।
शान्त, समृद्ध र शिक्षित नेपालको कुरा उठेको छ । त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन कत्तिको गर्न सकिन्छ, त्यो पनि देखिँदै जानेछ । देशले शान्ति तत्काल पाउन र अशान्ति ल्याउने त¤व सिध्याउन सकिएला, आर्थिक समृद्धिका लागि सीप र क्षमताअनुसार काम दिन सकिएला, तर हरेक नेपाली शिक्षित बनाउनका लागि दीर्घकालीन शैक्षिक गुणस्तरीयताको नीतिले व्यावहारिकता पाउनु पर्ने नै हुनेछ । सरकारले पद र साक्षर बन भनेर मात्र हुनेवाला छैन, हरेकलाई पढ्ने वातावरणको माहोल खडा गर्नुपर्ने हुन्छ । हरेक नेपालीले एक पेट भर्ने र छोराछोरी पढाउनुपर्छ भनेर बुझे भने पनि शिक्षाले मह¤व पाउने छ र कुरीति, कुसंस्कार अनि कुप्रथाको भन्डाफोर हुनेछ । शिक्षित, शान्त, निष्ठावान् र कर्तव्य पालनको बिल्ला पाउनेछन् र देश समृद्धितिर अगाडि बढ्नेछ ।

Related Posts

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In