ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साहित्यकार पराजुलीको स्मरण

by चितवन पोष्ट
२०७० चैत्र २३, आईतवार ०२:०२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपाली भाषाशास्त्री, लोक तथा बाल साहित्यकार र व्याकरणविद् कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र मृर्गौला रोगबाट पीडित पराजुलीलाई निमोनिया र श्वासप्रश्वास रोगले च्यापेपछि दुई सातादेखि शिक्षण अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । विसं १९९२ असार २४ मा काभ्रेको भ्रमरकोटमा जन्मिएका पराजुली पछिल्लो पटक ‘मनमाया’ नामक महाकाव्य लेखनमा व्यस्त थिए । उनको महाकाव्य प्रकाशोन्मुख छ । महाकाव्यमा गाउँघरको शोषण, बेरोजगारी समस्या, युवाको देशबाहिर पलायन तर देशको प्रेममा अभिभूत तिनको कर्म, मायाको दिव्यता र स्थायित्वको कथा समेटिएका छन् ।
मूलतः कविका रुपमा स्थापित पराजुलीले आख्यान र गैरआख्यान दुवैमा प्रभाव जमाउन सफल भएका थिए । उनका ”राम्रो रचना मीठो नेपाली” (२०२३), पन्ध्र तारा र नेपाली साहित्य (जीवनीसङ्ग्रह – २०२४), नौबेली (कथासङ्ग्रह – २०२८), सय थुँगा फूल (कवितासङ्ग्रह – २०४४), आ“खाभरि सपना, मुटुभरि गीत (गीतसङ्ग्रह) प्रयोगात्मक भाषात¤व, भाषाको माया, हिमाली डाँफे, चार चङेरी, जीवनबेली, कथा आँसुको, पूर्वी पाइला पश्चिमी देशमा, शिखरयात्रा, देउरालीबाटलगायत मौलिक कृति प्रकाशित छन् । बहुआयामिक व्यक्तित्व पराजुली नेपाली साहित्य क्षेत्रमा कवि, मुक्तककार, गीतकार, बाल साहित्यकार, जीवनी लेखक एवम् भाषाविज्ञका रुपमा समेत परिचित छन् ।
औपचारिक शिक्षा कम भए पनि स्वाध्ययन र कृतिगत योगदानका कारण त्रिभुवन विश्वविद्यालयमा २९ वर्ष प्राध्यापन गरेका पराजुली कमै व्यक्तित्वमध्ये एक थिए । उनका जूनतारा, सुनकेस्रा, लुकामारी, सुनौला तीन कुरा, रमाइला नानीलगायत सयौँ कृति प्रकाशित भइसकेका छन् । उनका पुस्तकहरु तीसौँ संस्करणसम्म प्रकाशित भएका छन् । पराजुलीले ‘सय थु“गा फूल’ नामक ‘मुक्तकसङ्ग्रह’ प्रकाशन गरेर मुक्तक शब्द प्रचलनमा ल्याएका थिए । उदितनारायण झाले गाएको आधुनिक गीत ‘तिमीलाई देखेर आ“खा त्यही“ छोडी हि“डे म’ भन्ने उनको शब्दको गीत प्रसिद्ध छ । उनले जगदम्बाश्री, राष्ट्रिय प्रतिभा, लोकसाहित्य, बालहितकारी, नुरूलगायत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् । सुनकोसी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष रहेका पराजुली विभिन्न संघसंस्थामार्फत साहित्यिक उन्नयनमा सक्रिय थिए ।
लेख्नु चटक होइन, खार्न र निखार्न लागिरहनुपर्छ भन्ने मान्यता बोकेका पराजुलीलाई स्नेहसाथ नानीका कवि पनि भन्ने गरिन्थ्यो । उनले थुप्रै ग्रन्थ, पत्रपत्रिका र सयौँ पुस्तकहरुको सम्पादन गरेका थिए । उनी नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोष सम्पादक मण्डलमा रहेर काम गरेका थिए । नेपाली भाषा र साहित्यमा अमूल्य योगदान दिएका उनी बिहीबार महाप्रस्थान गरेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, तीन छोरी र दुई छोरा छन् । नेपाली साहित्यमा उनले पु¥याएको योगदानको युगौँसम्म स्मरण भइरहने छ । नेपाली साहित्यका विशिष्ट नक्षत्र साहित्यकार पराजुलीलाई श्रद्धासुमन !

Related Posts

Chitwan Post

बढ्दो बलात्कारका घटना

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Discussion about this post

अन‌ि यो पनि

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
समाज

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो...

Read more
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In