पिठुवा । हरेक बर्ष चैते दशैको अवसरमा पूर्वी चितवनको पिठुवामा लाग्ने मेलाको तयारी पुरा भएको छ ।
माधबपुर युवा समाजको आयोजनामा लाग्ने मेलामा संस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिताहरु पनि समावेस गरिएको छ । मेला पिठुवाको निम्न माध्यमिक विद्यालयको प्राङगढमा चैत २४ गते देखि तीन दिन सम्म सञ्चालन हुने आयोजकले आज रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकरी गराएको थियो ।
मेलाका हुने साँस्कृतिक कार्यक्रम अन्र्तगत नृत्य प्रतियोगिता तथा खेलकुद प्रतियोगिता अन्र्तगत भलिवल,घैटो फुटाई,डोरी तान्ने,टायरमा बल छिराउने र चम्चा दौड प्रतियोगिताहरु हुने क्लवका अध्यक्ष देवराज थापामगरले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगितामा प्रथम हुनेलाई २० हजार र खसी र दोश्रो हुनेलाई १० हजार र खसी पुरस्कारको व्यवस्था गरिएको क्लवका सचिव सन्तोष थापामगरले जानकारी दिनुभयो । त्यसैगरी नृत्य प्रगियोगिता तर्फ प्रथम हुनेलाई ५ हजार,दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार पुरस्कारको व्यवस्था गरिएको क्वलका कोषाध्यक्ष विश्वास गुरुङले जानकारी दिनुभयो ।
सो ठाउँमा २०२६ साल देखि मेलाको लाग्ने गरेको छ । पूर्खाले गर्दै आएको मेलाको निरन्तरताको लागि गाउँका युवाहरु एकजुट भएर यस बर्ष मेलाको व्यवस्थापन परेका हुन ।
Discussion about this post