रत्ननगर । चितवनमा स्वास्थ्यकर्मी सहितको सुविधा युक्त एम्वुलेन्स सञ्चालनको विषयमा आज पूर्वी चितवनको रत्ननगरमा अन्र्तक्रिया गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो कार्यक्रममा एम्वुलेन्स सञ्चालनका विषयमा नेपाल हेल्थ केयर फाउण्डेशन, स्वास्थ्य संस्था तथा संघका पदाधिकारी र व्यवसायीहरु बीच छलफल भएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल हेल्थ केयर फाउण्डेशनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ,संघका बरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष जनीअहमद शेख, नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरका सभापति मित्रेश्वर शर्मा,संघका निर्वतमान अध्यक्ष दीपक कुमार कर्माचार्य, पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post