भण्डारा । नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले पूर्वी चितवनको विभिन्न क्षेत्रमा विजुली, खानेपानी र कालोपत्रे सडकको काम अगाडि वढेको बताउनु भएको छ ।
नवौं भण्डारा गाउ कमिटीको शनिवार भण्डारामा उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै जनताका अत्यावश्यक विषय वस्तुलाई प्राथमिकतामा राखेर आफूले काम गरेको बताउनु भयो । मलेखु भण्डारा चेपाङ मार्गको छ किलोमिटर बाटोमा आठ लाखको लागतमा कालोपत्रे कार्य चाढै अगाडि वढ्ने जानकारी दिनु भयो । कालोपत्रेका लागि काम अगाडि वढी सकेको छ, अव केही महिनाबाट काम सुरु हुन्छ पाण्डेले भन्नु भयो ।
कार्यक्रममाल उहाले पूर्वी क्षेत्रका विभिन्न स्थानमा विजुली बत्ती नपुगेको ठाउमा बत्ती लैजानको लागि प्रकृया अगाडि वढी सकेकाले विद्युत आउनेमा ढुक्क रहन आग्रह गर्नु भयो ।
उहाले चौकी डाडालगायत खानेपानीका अभाव भएको स्थानमा पानीको लागि काम गर्न सम्झौता भइसकेकाले त्यस समस्या पनि समाधानको उन्मुख तर्फ भएको जानकारी दिनु भयो । पूर्वी क्षेत्रको ग्रामिण र बजारमा ढल निर्माण, स्थानीय विद्यालयको भवन निर्माणलगायतका स्थानीय जन चासोका कामलाई नेपाल सरकारको लगानीमा काम गर्न आफूले काम गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा संविधान सभाका सदस्य तथा पूर्व अर्थ मन्त्री समेत रहनु भएको नेता पाण्डेले एमालेको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा लागेको बताउनु भयो । हामीले निर्वाचनबाट होइन सर्वसम्मत नेतृतव चयन तर्फ लागेका छौ एकताको महाधिवेशन अव सर्वसम्मत हुन्छ ।
अहिलेदेखिनै सर्वसम्मत गर्नको लागि पहल कदमी चलिराखेको जानकारी दिनु भयो । अवको निर्वाचनबाट एमाले देशको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उहाले पूजीवादी व्यवस्था विरुद्ध पार्टीको लडाइ रहने बताउनु भयो ।
आगामी बजेटमा वृद्धवृद्धाहरुका लागि भत्ता वृद्धि गरेर १५ सय वनाउन एमाले पार्टीले सुझाव दिएको जानकारी दिनु भयो । वृद्धवृद्धाको सम्मानको लागि एमाले सधै अगाडी रहने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य जेपी भेटवाल, राष्टिय प्रतिनिधि परिसद सदस्य दावादोर्जे लामा, एमाले जिल्ला अध्यक्ष जनन्नाथ थपलिया, इमालनसिंह लामालगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post