रत्ननगर । रत्ननगर ६ मोहनामा संचालन भइरहेको साक्षर कक्षाको शनिबार अवलोकन गरिएको छ । रत्ननगर ६ मा संचालन भइरहेका १२ वटा कक्षामध्ये दुईवटा कक्षाको अवलोकन गरिएको हो ।
रत्ननगर ६ मोहनामा ज्योर्तिमय सामुदायिक अध्ययन केन्द्रले साक्षर कक्षा संचालन गरिरहेको छ । अवलोकनका क्रममा कक्षामा सहभागीहरुले सिक्न इच्छा देखाएको र उनीहरुमा पढ्न पाउँदा खुसी मानेका ज्योर्तिमय सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष शान्ति ढुङ्गानाले जानकारी
दिनुभयो । शैक्षिक सामाग्री अपुग रहेको सहभागीहरुले गुनासो गरेको
पनि ढुङ्गानाले बताउनुभयो । कतिपयले आफ्नै खर्चबाट शैक्षिक सामग्री खरिद गरेको बताएका थिए ।
Discussion about this post