भरतपुर । ५७ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले शनिबार काव्य सुधा तथा स्रष्टा सम्मान समारोह गरेको छ । वरिष्ठ साहित्यकार एलबी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा कवि श्यामल अधिकारी रहनुभएको थियो ।
कार्यक्रममा स्व. कवि चिरञ्जीवी नेपालीको प्रकाशित कृति ‘मृत्यु पराजित छ’नामको कृतिलाई नगद ५ हजार १५१ सहित दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । उदय बराल (प्रशिक्षार्थी)
Discussion about this post