लकडाउनमा कति छ महँगी ? यस्तो छ मूल्यसूची

अन‌ि यो पनि

चितवन । कोरोना भाइरसका कारण हुन गएको लकडाउनमा अत्यावश्यक खाद्य वस्तुको मूल्य बढेको गुनासो उपभोक्ताहरूले गर्दै आएका छन् । जटिल परिस्थितिमा सम्बन्धित निकायले अनुगमन नगर्दा महँगोमा खाद्यवस्तु खरिद गर्न बाध्य हुनुपरेको उपभोक्ताहरू बताउँछन् ।

लकडाउनको समयमा खाद्यवस्तुको मूल्य बढाइएको, बजारको भाउ फरक–फरक रहेको गुनासो बढेपछि व्यवसायीहरूले मूल्य सूची जारी गरेका छन् । किराना व्यवसायी संघ चितवनले मूल्य सूची जारी गर्दै लकडाउनको समयमा मूल्य वृद्धि नभएको दाबी गरेको छ । ‘उपभोक्ताहरूले गुनासो गरेजसरी खाद्यवस्तुमा भारी मूल्य वृद्धि भएकै छैन, दाल र सोना चामलमा एक/दुई प्रतिशतमात्रै मूल्य बढेको पाइन्छ’, किराना व्यवसायी संघ चितवनका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले भने ।

 

उनका अनुसार मूल्य वृद्धि भएको व्यापक गुनासो आउन थालेपछि खाद्यवस्तुको मूल्य सूची निकालेर मूल्यमा एकरूपता कायम गरेका छौँ ।’ ‘कुनै पनि व्यवसायीले मूल्य सूचीभन्दा बढी मूल्य लिनुहुँदैन, बजारमा मनोमानी नहोस् भनेर नै मूल्य सूची जारी गरेका हौँ’, अध्यक्ष श्रेष्ठले भने । उनले चितवनको बजारमा कुनै किसिमको कालोबजारी नभएको र बरु व्यवसायीहरूले ज्याला मजदुरी गरेर खाने विपन्नहरूलाई सहयोग गरिरहेको बताए । उपभोक्ताकर्मीहरू भने लकडाउन र यसअघिको मूल्यमा एक–दुई रुपैयाँ घटबढ भएको बताउँछन् ।

 

व्यवसायीहरूले देशमा आयात ठप्प हुँदा कुनै वस्तुमा एक–दुई प्रतिशतसम्म मूल्य बढ्न गएको बताएका छन् । सवारीसाधन निकै कम चल्दा, सीमित कर्मचारीबाट धेरै काम लिनुपर्दा कुनै खाद्यवस्तुमा तीन प्रतिशतसम्म मूल्य बढेको व्यवसायीहरू बताउँछन् । किराना व्यवसायी संघले निकालेको हालको मूल्यसूचीअनुसार खुद्रा रातो दाल प्रतिकिलो १२० रहेको छ भने एक पोका नुनको मूल्य २० रुपैयाँ तोकिएको छ ।

 

यस्तै, सोना चामलको मूल्य प्रतिकिलो ५० रुपैयाँ, सावित्री चामल प्रतिकिलो ५५ रुपैयाँ, चिनी प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ । ‘किराना व्यवसायीले निकालेको मूल्य सूचीको खुद्रा मूल्य हो, तोकिएको मूल्यभन्दा एक रुपैयाँ बढी कुनै उपभोक्ताले तिनुपर्दैन’, संघका उपाध्यक्ष टेकप्रसाद पनेरूले भने, ‘नुनको मूल्य जम्मा २० रुपैयाँ कायम गरिएको छ, जहाँ कि प्लास्टिक झोलामा हालेर नुन दिँदा १० पैसा पनि फाइदा आउँदैन ।

 

यस्तै, मूल्यसूचीअनुसार सोयाबिन तेल एक लिटरको १५५ कायम गरिएको छ भने सनफ्लावरको तेल लिटरको १७५ रुपैयाँ राखिएको छ । अति न्यूनतम नाफा मूल्य राखेर मूल्यसूची जारी गरिएको संघले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया