बुबाको हत्या अभियोगमा पक्राउ

अन‌ि यो पनि

सल्यान, १४ वैशाख (रासस) :
एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो ।
अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ । सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया