ज्ञानेश्वर वनका उपभोक्तालाई राहत

अन‌ि यो पनि

भरतपुर । ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताहरुलाई राहत वितरण गरेको छ।
सामुदायिक वनका विपन्न सदस्यहरूलाई एकान्तबासका कारण खाद्यान्न समस्या भएको जानकारी पाएपछि ३०० घर परिवारको लागि राहत सामग्री वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ।
कोभिड–१९ का कारण साँझ–बिहानको छाक टार्नै समस्यामा परेका उपभोक्ताहरुका लागि घरघरै पुगेर राहत वितरण गरिएको अध्यक्ष राजन अधिकारीले जानकारी दिए।
सामुदायिक वनले आफ्ना उपभोक्ताहरुको लागि आपत विपद पर्दा सहयोग गर्दै आएको उनको भनाइ छ। यसपटक पनि खाद्यान्न अभावका कारण कोही पनि उपभोक्ता भोकै नरहून् भन्ने उद्देश्यले राहत वितरण गरिएको उनले बताए। उक्त समूहमा एक हजार २५० घरधुरी आवद्ध छन्।
प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया