भरतपुर । चितवनका युवा व्यवसायी गौरीश्वर सापकोटाले परिवारबाट अलगिएका वृद्धवृद्धालाई भोजन गराएर आफ्नो जन्मदिन मनाएका छन् । आफ्नो जन्मदिनको अवसरमा सापकोटाले देवघाटस्थित वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन गराएका हुन् । उनले गरिब परिवारबाट हेला भएकाहरुलाई सान्त्वना दिनका लागि जन्मदिन मनाएका छन् ।
देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका ३० जनालाई शुक्रबार बिहान र साँझको खानाको व्यवस्था गरेका हुन् । सापकोटाले आफ्नो जन्मदिन परेको हरेक वर्षको चैत्र २१ गते एक दिन सोही बृद्धाश्रमका वृद्धवृद्धालाई आजीवन खाना खुवाउने कार्यक्रमअनुुसार भोजन कार्यक्रम गरेका हुन् । आफ्नो जन्मदिन दुःखीहरुसँग मनाउन पाएकोमा खुसी व्यक्त गर्दै यसबाट आफूलाई आत्मसन्तुष्टि मिलेको सापकोटाले बताए ।
Discussion about this post