– होमनाथ सापकोटा
रत्ननगर । लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएका कारण दातृ निकायले नगरपालिकालाई दिने वैदेशिक सहायता रोकिएको छ । स्थानीय निकायकहरुमा जनप्रतिनिधि नहुँदा रकम सही ठाउँमा प्रयोग हुन नसकेको, भ्रष्टाचार मौलाएको भन्दै नेपाल सरकारमार्फत विदेश दातृ निकायले दिने बजेट रोकेको हो ।
वैदेशिक सहायता रोकिएका कारण रत्ननगर नगरपालिकामा महत्वपूर्ण योजना सम्पन्न गर्न कठिनाई भएको नगरपालिकाले जनाएको छ ।
निर्वाचन हुन नसकेकै कारणले तीन वर्ष अघिदेखि नगरपालिकालाई आउने गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गतको पुँजीगततर्फको बजेट आउन नसकेको रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठले बताए । दाताहरुको संयुक्त कोषअन्र्तगत नेपाल सरकार अर्थ मन्त्रालयहुँदै नगरपालिकामा सो रकम आउने गरेको थियो । बजेट नआएपछि नगरपरिषद्बाट पारित योजनाहरु अलपत्र अवस्थामा रहेको उनले बताए । तीन वर्ष अघिसम्म स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत झण्डै साढे २ करोड रुपैयाँ आउने गरेको थियो ।
तीन वर्षदेखि त्यो बजेट रोकिएपछि नगरपालिकाले गर्ने विकास निर्माणका काममा असर पुगेको कार्यकारी अधिकृत श्रेष्ठले बताए । यो बजेट नगरपालिकाको विकासको लागि कोसेढुंगा हो कार्यकारी अधिकृत श्रेष्ठले भने रोकिएपछि काम गर्ने अप्ठ्यारो
परेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७०÷७१ को लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्र्तगत पुँजीगत बजेट नआउने भएपछि योजना कटौती गरी ८ करोड ७३ लाखको बजेत तर्जुमा गरेको थियो । तर २०७० साल पुस २२ गते सम्पन्न नगरपरिषद्ले आर्थिक वर्ष २०७१÷७२ को लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत बजेट आउने आकलन गरी १० करोड ९५ लाखको बजेटसमेत तर्जुमा गरिसकेको छ ।
बजेट तर्जुमा गरिसकेपछि यस वर्ष पनि दातृ निकायले दिने वैदेशिक सहायता रोकिने थाहा भएकाले कार्यसम्पादनमा समस्या पर्ने देखिएको नगरपालिकाका लेखा अधिकृत सीताराम पोखरेलले बताए ।
सो बजेट रोकिएका कारण ल्याण्डफिल्ड साइट निर्माण र सपिङ कम्प्लेस निर्माणको लागि जग्गा खरिद गर्न बनाइएको योजना असफल हुने भएको छ ।
त्यस्तै बजेट रोकिएकै कारण महिला, बालबालिका र सीमान्तकृत समुदायको लागि नगरपालिकाले गर्ने भनिएका कामहरु हुन नसक्ने लेखा अधिकृत पोखरेलले जनाए । बजेट आएन भने आर्थिक बर्ष २०७१÷७२ को लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने बाध्यकारी अवस्था आउने उनको भनाइ छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत आउने पुँजीगत खर्च बापतको रकम रोकिनुको कारण स्थानीय निकायको निर्वाचन नै भएको लेखा अधिकृत पोखरेलले बताए ।
दातृ निकायहरुले स्थानीय निकायको निर्वाचन नभएसम्म पैसा दिन्नौैँ भनेका छन् तर मिति मात्र पनि घोषणा भयो भने पैसा आउने सम्भावना उत्तिकै छ ।
पछिल्लो समय रत्ननगर नगरपालिकाले विकासका काममा गति दिन थालेको छ । नगरपालिकाले ढल निर्माण, सडक मर्मतलगायत सामुदायिक विकासमा कामहरु गरिरहेको छ । विकासको गति लिइरहेको सो नगरपालिकामा साढे २ करोड जस्तो ठूलो रकम रोकिँदा नगरलाई समृद्ध बनाउने काममा अवरोध आउने सम्भावना बढेको छ ।
विकासको गति रोकिनु हुँदैन भन्ने हाम्रो भनाइ हो कार्यकारी अधिकृत श्रेष्ठले भने, परिस्थितिले त्यस्तै पा¥यो । निर्वाचन नभएकै कारण स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्र्तगतको पुँजीगत तर्फको रकम देशभरका स्थानीय निकायमा रोकिएको बताइएको छ ।
यो हाम्रो नगरपालिकामा मात्र भएको समस्या होइन कार्यकारी अधिकृत श्रेष्ठले भने, देशभरका नगरपालिकालाई यो समस्या
परेको छ ।
Discussion about this post