ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फोहोर उठाउन मनपरि सेवा शुल्क

by चितवन पोष्ट
२०७० चैत्र २२, शनिबार ०३:१९ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

– बसन्त पराजुली

भरतपुर । तोकिएको भन्दा बढी सरसफाइ सेवा शुल्क नतिर्ने अडान गरेपछि आफ्नो फोहोर नउठाउने धम्की पाएको भरतपुर–२ का एक घरेलु उद्यमीले गुनासो
गरेका छन् । भरतपुर–२ मा न्यू लता ब्याग उद्योग सञ्चालन गरेका पूर्णचन्द्र सोडारीले सरसफाइको शुल्क संकलन गर्ने जिम्मेवारी पाएको भरतपुर सरसफाइ समितिले सम्झौताभन्दा बढी रकम माग गरेको तर आफूले बढी रकम नतिर्ने भनेपछि फोहोर उठाउन छाडेको बताए ।
‘नगरपालिकासँग निजी कम्पनीले गरेको सम्झौताभन्दा पाँच गुणाबढी माग भयो’, सोडारीले भने, ‘यो सरासर नगरवासीलाई लुट्ने शैली हो ।’ सोडारीको जस्तै ब्याग उद्योगका लागि भरतपुर नगरपालिकाले दैनिक फोहोर उठाए ३०० रुपैयाँ, एक दिन बिराएर उठाए २०० रुपैयाँ र हप्ता दिनमा उठाए १०० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । तर  सोडारी आफूलाई निजी कम्पनीले ५०० रुपैयाँ मागिरहेको जनाउँछन् । जवकि उनको उद्योग भएको भरतपुर–२ आँपटारीमा अहिले हप्तामा बुधबारमात्रै फोहोर उठ्छ ।
‘हाम्रो फोहोर बुधबारमात्रै उठ्ने हो । नगरपालिकाले तोकेको रकम तिर्न तयार छौँ । तर बढी तिर्न सक्दैनौँ’, सोडारीले भने । ब्याग उद्योगलाई लिएकै शुल्कमा फर्निचर, प्लाष्टिक, फूड प्याकेजिङ, गार्मेन्ट, जुत्ता, होजियारी, प्रेस, प्रिन्ट, स्टेशनरी, धान–चामल, तेल मिल, मेटल र फेब्रिकेशन उद्योग छन् ।
सोडारीलाई जसरी नै फोहोर सरसफाइको सेवा शुल्क बढी लिने गरेको गुनासो पछिल्लो समय बढेर गएको छ । नगरपालिकासँगको सम्झौताभन्दा बढी शुल्क माग गर्ने गरिएको उनीहरुको गुनासो छ ।
भरतपुर नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन र सेवा शुल्क उठाउने जिम्मेवारी पाएका ठेकेदार श्याम श्रेष्ठ भने तोकेकोभन्दा बढी रकम नमागेको दावी गर्छन् । ‘हामीले बढी रकम मागेका छैनौँ । यदि कसैले तिरेको रसिद देखाउँछ भने फिर्ता गर्न तयार छौँ’, उनले भने ।
नगरपालिकाले फोहोर उत्पादनका हिसावले १४ वटा बर्गाीकरण गरी सेवा शुल्क तोकेको छ । घरधुरीमा प्रतिचुल्होका हिसावले दैनिक फोहोर उठ्ने ठाउँमा ८० एक दिन बिराएर उठाउने ठाउँमा ६० हप्तामा एकपटक उठाउने ठाउँमा ४० र १५ दिनमा उठाउने ठाउँमा २५ रुपैयाँ प्रतिमहिना शुल्क तोकेको छ । यो शुल्क कम हो भने बढीमा ठूला होटलहरुको दुई हजार ५०० रुपैयाँसम्म मासिक फोहोरको सेवा शुल्क उठाइएको छ । नगरपालिकाले तोकेको शुल्कभन्दा बढी कोही कसैबाट शुल्क नउठाइएको तर्क निजी कम्पनीको छ । ठेकेदार श्रेष्ठ सेवा शुल्क उठाइएकोमध्ये निजी कम्पनीले १० प्रतिशतमात्रै रकम पाउने भएकाले पनि तोकिएकोभन्दा बढी रकम आफूहरुले असुली नगर्ने तर्क गरे ।
सेवा शुल्क संकलन भएको रकम नगरपालिकाको खातामा जाने र सोमध्ये १० प्रतिशत निजी कम्पनीमा जान्छ । ३० प्रतिशत रकम संकलन भएको सम्बन्धित टोल विकास संस्थालाई र ६० प्रतिशत नगरपालिकाको आम्दानीमा बाँधिने व्यवस्था छ । यसरी संकलन गरी आएको १० प्रतिशतका अलवा भरतपुर नगर क्षेत्रको सरसफाइ गरिएवापत निजी कम्पनी भरतपुर सरसफाइ समितिले नगरपालिकाबाट थप मासिक ४ लाख रुपैयाँ लिने गर्छ ।
नगरपालिकाले तोकेको रकमभन्दा बढी रकम लिन नपाउने भए पनि यस सम्बन्धमा परेको उजुरी उपर नगरपलिकाले सुनुवाइ नगरेको सोडारीको भनाइ छ । नगरपालिकाका फोहोर तथा वातावरण शाखा प्रमुख विराट घिमिरे यसरी बढी मूल्य लिएको लिखित जानकारी भए यस सम्बन्धमा अध्ययन हुने बताए ।

Related Posts

Chitwan Post

परिचयपत्रका लागि अभिलेखीकरण अभियान सुरू

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In