ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हत्या आरोपीले पोलिग्राफ परीक्षण गर्न मानेनन्

by चितवन पोष्ट
२०७० चैत्र २२, शनिबार ०३:१६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–चितवन प्रहरीलाई पहिलो गाँसमै ढुङ्गा–

–दिपेन्द्र अधिकारी

भरतपुर । अभियुक्तले बयानको क्रममा झुठो बोलेको नबोलेको बारेमा पत्ता लगाउने पोलिग्राफ मेसिनको प्रयोग चितवनमा यसै साता प्रयोग गर्न खोजिएको थियो । तर, चितवन प्रहरी पहिलो पटक नै असफल भएको छ ।
कृष्ण अधिकारी हत्या प्रकरणमा अभियुक्तका रुपमा हाल चितवन प्रहरी हिरासतमा रहेका छविलाल पौडेल र भीमसेन पौडेलले प्रविधिमा आधारित यस्तो मेसिनमा बस्न अस्वीकार गरेपछि प्रहरीको पहिलो प्रयास र अनुभव खेर गएको छ । यससँगै विश्वासनीयता निर्धारण गर्ने विज्ञानका रुपमा लिइएको पोलिग्राफ परीक्षण प्रणाली नै अन्यौलमा परेको छ । मानवअधिकारको दृष्टिकोणबाट हेर्दा कुनै पनि व्यक्तिले बयान दिनका लागि अस्वीकार गर्ने अधिकार छ । जवरर्जस्ती बयान लिन पाइँदैन । मेसिनलाई शरीरका विभिन्न भागमा बाँधिएर राखिन्छ । बोलीको तरङ्ग कम्प्युटरमा देखिन्छ ।
चितवन प्रहरीले उल्लेखित दुई अभियुक्तबाट घटनाबारे सत्य–तथ्य बुझ्न पोलिग्राफ मेसिनसहित यससम्बन्धी तालिम लिएका एक प्रहरी निरीक्षक काठमाडौँबाट आएका थिए । प्रहरी स्रोतका अनुसार अभियुक्त पक्षका वकिलहरुको सल्लाहबाट अभियुक्तले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेको थाहा भएको छ ।
घटनामा आफूहरुको कुनै संलग्नता नभएको जिकिर गर्दै आए पनि अभियुक्तले किन पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरे भन्नेबारे बहस सुरु भएको छ । जानकारहरुका अनुसार सम्बन्धित व्यक्ति अपराधमा संलग्न भए–नभएकोबारे पत्ता लगाउन कम्तीमा पनि २ घण्टा लाग्छ ।
मौखिक बयानका क्रममा सत्य र झुटो पत्ता लगाउन नसक्ने भएपछि नेपाल प्रहरीले पोलिग्राफ मेसिन तीन महिनाअघि मात्रै प्रयोगमा ल्याएको थियो । यी अभियुक्तहरुलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसै हप्तामात्रै चितवन आएका थिए ।
यो मेसिन चलाउनका लागि चितवनबाट समेत एक प्रहरी नायव निरीक्षक तालिममा खटिएका थिए । जहाँ नेपालभरका १० प्रहरी सहभागी थिए ।
५ जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा सभासद सञ्जय शाहको संलग्नता यसै मेसिनको परीक्षणबाट खुलेको थियो । अपराध अनुसन्धानमा मेसिनको प्रयोग बरदान सावित भए पनि अभियुक्तले परीक्षण ईन्कार गरेमा यसको कुनै मह¤व रहँदैन ।
गत मंगलबार १३ दिनको म्याद थप गरी प्रहरीले बाँकी अनुसन्धान अघि बढाइरहेको डीएसपी सञ्जय राउतले बताए । यसै घटनामा संलग्न रहेको आरोपमा यस अघि पक्राउ गरिएका छविलालका छोरा अजिव भनिने पर्शुराम पौडेल र रामप्रसाद अधिकारी अभियोग पुष्टि नभएपछि छुटिसकेका छन् ।
कृष्णका दाजु नुरप्रसादको जाहेरीमा दर्जन बढी अभियुक्तहरुलाई चितवन प्रहरीले पटक–पटक पक्रँदै, अनुसन्धान गर्दै आएको छ । सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भनी अभियुक्तहरुलाई छोड्दै आएको छ । कृष्णको नौ वर्षअघि बकुलहर चोकमा हत्या भएको थियो । हत्याको सम्बन्धमा कोही कसैसँग जानकारी भएमा सूचना दिन चितवन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

Related Posts

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Chitwan Post

महिलालाई बाख्रापालन तालिम

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In