भरतपुर । अनेरास्ववियू (क्रान्तिकारी) बालकुमारी कलेजको इकाइ सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला सेक्रेटरी गुणराज लोहनी ‘मुकुन्द’को प्रमुख आतिथ्य एवम् अखिल क्रान्त्किारीका कलेज अध्यक्ष अमित सापकोटा ‘अविरल’को सभापतित्वमा भएको कार्यक्रममा बालकुमारी कलेजका क्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ, विद्यार्थी इन्चार्ज अम्विका मुडवरी ‘अञ्जना’, ६ नं. इलाका इन्चार्ज महेश, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् स्ववियु सभापति रुद्र भट्टराई, अखिल नेपाल प्राध्यापक संघ बानलकुमारीका सभापति महेश गजुरेल, प्रकाश कँडेल, प्रेम चौधरीलगायतले मन्तव्य राखेका थिए ।
सम्मेलनले अनुज जोशीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रुपक पोखरेल, सचिवमा संजोक खत्री (लामा), सहसचिवमा कृष्ण भुषाल र कोषाध्यक्षमा जुनी पावेलगायत छन् ।
Discussion about this post