करुणा देवकोटा
आशाराम बोटेले आज पनि घरमा आउँदा एक झोला माछा लिएर आएको थियो । “बाबा आउनुभयो, बाबा आउनुभयो….” भन्दै उसका छोराछोरी बाहिर निस्किए । हेर्दा गुरूङ, मगरजस्तो जीउडाल भएको आशारामले खोलामा डुङ्गा चलाएको भरमा आप्mनो घरपरिवारलाई धानेको छ । आप्mना बालबच्चालाई डुङ्गा चलाएर आएको पैसाले नै स्कुलमा पढाएको छ । डुङ्गा चलाएर वारिका मान्छेलाई पारि तार्ने र पारिका मान्छेलाई वारि ल्याउने उसको दैनिकी नै हो ।
आज पनि ऊ दिनभर खोलामा डुङ्गा चलाएर साँझ पर्न लागेपछि घर आएको हो । उसको घरमा ऊ, उसकी श्रीमती सानीमाया, एउटा १० वर्षे छोरा सुन्दर र ६ वर्षकी छोरी संगीता बस्छन् । छोरा सुन्दर अहिले ४ कक्षामा नजिकैको प्राथमिक विद्यालयमा पढ्दै छ भने छोरी संगीता त्यही विद्यालयमा कक्षा १ मा पढ्दै छ । सानो तर आर्थिक अभावका कारणले गर्दा गरिब परिवार छ, आशारामको । आजसम्म उसले डुङ्गा चलाएर आएको पैसा र यात्रु नआएको बेलामा खोलामा मार्ने गरेको माछा बेचेर आएको अलिअलि पैसाले घरव्यवहार जसोतसो धानिरहेको छ ।
सानीमाया पनि बिहान–बेलुका घरको धन्दामा व्यस्त हुन्छिन् भने दिउँसो अरुको मेलामा गएर काम गर्छिन् । तर, खोलाको छेउमा बसेर अलिअलि आएका यात्रुहरुलाई वारि र पारि गर्दा र अरुको मेलामा गएर आएको अलिअलि मात्रै कमाइले के नै पो हुन्छ र ? त्यही पनि आजकल झोलुङ्गे पुल बनेपछि मान्छेहरु पैसा तिरेर डुङ्गा चढ्नुको साटो लामो बाटो हिँडेर भए पनि पैसा जोगाउनतर्फ लाग्छन् । यसरी झोलुङ्गे पुल बनेपछि यात्रुहरु घट्न थालेका छन्, र आशारामलाई पनि बिस्तारै आप्mनो भविष्यप्रति चिन्ता हुन थालेको छ ।
ऊ आफूले पढ्न नपाए पनि आप्mना छोराछोरीलाई पढाएर असल, ज्ञानी र विद्वान् बनाउन चाहन्छ । तर, उसका छोराछोरी पढ्ने स्कुलमा ५ कक्षामात्र पढाइ हुन्छ । अहिलेको जमानामा त्यतिमात्र पढेर कुनै काम छैन । त्यसपछिको पढाइ त्यो गाउँमा कतै पनि छैन । कक्षा ६ मा पढ्न सहरमा जानुप¥यो । सहरमा बसेर पढ्ने भएपछि खर्च धेरै, कक्षा बढ्दै गएपछि खर्च पनि बढ्दै जान्छ । यही पीरले गर्दा आजकल आशारामलाई अलिक चिन्ता बढ्न थालेको छ । तर के गर्नु, उसको आम्दानीको स्रोत भनेको त्यही डुङ्गा र माछाबाहेक अरु केही छैन ।
ऊ आफूले केही पढ्न पाएको भए त सानोतिनो जागिर गरेर आप्mनो बालबच्चालाई सहरमा नै लगेर पढाउँथ्यो होला, तर बिचरा ! ऊ आप्mनो छोराछोरीजत्रो छँदादेखि नै डुङ्गा चलाउने काम सुरू गरेर बसेको थियो । उसलाई पढ्ने मन हुँदाहुँदै पनि पारिवारिक स्थितिले गर्दा पढ्ने अवसर पाएन । उसका बुबाले पनि उसले जस्तै डुङ्गा चलाएर जीवन गुजारेका थिए र आशारामले पनि आप्mनो बुबाले अँगालेको पेसालाई नै आजसम्म निरन्तरता दिइरहेको छ । तर, आफू दुःखमा हुर्केर पढ्न नपाए पनि आप्mना छोराछोरीलाई पढाएर ठूला व्यक्ति बनाउने उसको सपना छ । ऊ आप्mनो छोरालाई आफूजस्तो डुङ्गा चलाउने बनाउन चाहन्न र आप्mनी छोरीलाई सानीमायाजस्तो गृहिणी र अरुको मेलामा गएर काम गर्ने बनाउन कत्ति पनि चाहन्न ।
सम्पत्ति धेरै भएको भए पनि त्यही सम्पत्ति बेचेर ऊ आप्mना छोराछोरीलाई पढाउँथ्यो होला, तर ऊसँग सम्पत्तिको नाममा एउटा सानो घर, घरबारी र एउटा बकेर्नो भैँसी मात्र छ । त्यो पनि बेच्यो भने उसको उठीबास लाग्छ । सरकारले यस्ता विपन्न बोटे समुदायका लागि भनेर विभिन्न योजनाहरु ल्याउँछ, समय–समयमा आर्थिक सहयोगहरु पनि आइरहेको हुन्छ । तर, आजसम्म आशारामको परिवारले त्यो सहयोग पाएको छैन । उनीहरु जस्तालाई आएका ती योजनाहरु पजेरो र मारूतीमा हुँइकिएर ठूला–ठूला महलमा बस्नेहरुले मात्र खाइरहेका छन् । बोटेहरुको उत्थानका लागि छुट्याइएका डलर र रूपैंयाँले उनीहरुले बुट बजार्दै, बडा–बडा रेस्टुराँमा ब्रेकफास्टको साथमा बजेटको बहस गर्छन् ।
तर बिचरा आशाराम ! आप्mनो लागि भनेर आएको पैसा पनि अरुले खाइरहँदा पनि आजसम्म केही भन्न सकिरहेको छैन । उनीहरुको दुःख देखाएर दुःखको मुखै नदेखेकाहरुले सुखसयलको जीवन बाँचिरहेका छन् । तर, आशारामहरुले भने आजसम्म उनीहरुकै लागि भनेर आएको सुख पनि उपभोग गर्न पाएका छैनन् । त्यसैले त आजकल सबै ईश्वरको कृपा भन्दै, दुःख र गरिबीको भुमरीमा बाध्य भएर बाँच्न विवश छ, आशाराम बोटे ।
आदिवासी, जनजाति, पिछडिएका वर्ग, दलित, गरिब, असहाय आदिका नाममा हरेक आर्थिक वर्षमा बजेटको विनियोजन हुन्छ । यति र उति बजेट ल्याका’छम् भन्दै चर्का–चर्का गफ लडाउँछन् भाषणमा, हाम्रा नेताहरु । विकासका कुराहरु गर्छन्, जनतालाई शैक्षिक तवरबाट सबलीकरण र सशक्तीकरण गर्ने कुरा गर्छन्, तर यथार्थता हाम्रो सामु ऐनासरी छर्लङ्ग छ । कहिलेकाहीँ त यस्तो लाग्छ, ती बजेटहरु विनियोजित नभएका भए के हुन्थ्यो होला, हाम्रा नेताहरुका भाषणमा ? त्यतिमात्र कहाँ हो र ! विभिन्न एनजिओ र आइएनजिओहरुले पनि सहयोगहरु उपलब्ध गराएका छन् भन्दै कत्ति पटक समाचारका हेडलाइनमा नै फुकिरहेका हुन्छन्, समाचार वाचकहरुले । तर पनि खोइ त कसले चासो देखाएको छ, ती बजेटको उपलब्धिका बारेमा ?
गरिबीले साह्रै नै सताएर त होला नि आजकल सपनामा पनि पैसा–पैसा भन्न थालेको छ, आशाराम बोटेले । गरिबीले गर्दा उसलाई न त भोक छ, न त निद्रा । मन नभए पनि बाध्य छ, सधैँ डुङ्गा तार्न र माछा मार्न ।
“ए सुन्दरका बा…सुन्दरका बा…..खाना पाक्यो, खाना खान आउनू”, सानीमायाको चर्को आवाज आउँछ भान्छाबाट । मनमा अनेक तरङ्ग खेलाउँदै सुतिरहेकोे आशाराम, सानीमायाको आवाजले झसङ्ग हुन्छ र खाटबाट उठेर भान्छातर्फ लाग्छ, मन नभए पनि बाँच्नका लागि गाँस टिप्न !
(सप्तगण्डकी बहुमुखी क्याम्पस)
Discussion about this post