युनियनलाई डा दम्पतिको सहयोग

अन‌ि यो पनि

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले स्थापना गरेको ‘पत्रकार राहत कोष’को लागि एक चिकित्सक दम्पतिले आर्थिक सहयोग गरेका छन्।
नारायणगढस्थित साइराम डेन्टल केयरका प्रबन्ध निर्देशक डा सरु थापा न्यौपाने र भरतपुर अस्पतालका दन्त चिकित्सा विभाग प्रमुख डा अजय न्यौपानेले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन्। लकडाउनका कारण समस्यामा परेका पत्रकारको लागि सहयोग गर्न युनियनले स्थापना गरेको कोषको लागि उक्त रकम सहयोग गरिएको डा न्यौपानेले जानकारी दिए।
आजै रेडियो त्रिवेणीको तर्फबाट १५ हजार रूपैयाँ सहयोग प्राप्त भएको थियो। योसँगै युनियनको उक्त कोषमा ३५ हजार रूपैयाँ रकम जम्मा भएको युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए।

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया