युनियनलाई रेडियो त्रिवेणीको सहयोग

अन‌ि यो पनि

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले स्थापना गरेको ‘पत्रकार राहत कोष’को लागि रेडियो त्रिवेणीले १५ हजार रूपैयाँ सहयोग गरेको छ।
आज रेडियोका प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। युनियनले लकडाउनका कारण समस्यामा परेका पत्रकारको लागि राहत कोष स्थापना गरेर समाजमा उदाहरणिय काम गरेको भन्दै त्यसमा हातेमालो गर्न रेडियोको तर्फबाट सहयोग गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए।
युनियनले समस्यामा परेका पत्रकारहरूका लागि आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी तीन लाख रूपैयाँ बराबरको राहत कोष स्थापना गरेको हो।
प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया