भरतपुर । कारागारभित्रै भएको आक्रमणमा परेर ज्यान गुमाएका नेपाल तरूण दलका तत्कालीन जिल्ला सभापति शिव पौडेल हत्या प्रकरणमा जिल्ला अदालत चितवनले बिहीबार आठ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । ६ जनालाई पा“च वर्È कैद फैसला भएको छ । घटनामा नाम मुछिएका २७ मध्ये १४ जनाले सफाइ पाएका छन् ।
२०६८ साल मंसिर २० गते पौडेलमाथि कारागारभित्रै आक्रमण भएको थियो । उपचारका क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो । धाराको ह्यान्डिलले टाउकोमा हिर्काउँदा गम्भीर घाइते पौडेलको सुरूमा भरतपुरमा र पछि काठमाडौंमा उपचार भएको थियो ।
उनको पुस २ गते मृत्यु भएको थियो । सोही वर्ष भदौ १० मा चितवन केराबारीमा सञ्जय लामाको हत्या भएपछि पौडेलविरूद्ध हत्या अभियोगमा उजुरी परेको थियो । अभियोगमा पौडेल पुर्पÔका लागि भरतपुर कारगारमा थुनामा थिए ।
लामाको हत्या हुनुभन्दा दुई वर्Èअघि २०६६ साल जेठमा शिवका भाइ गोपीको हत्या भएको थियो । यसै घटनाका कारण तत्कालिन एसपी रविन्द्र शर्माको सरुवा भएको थियो । यस वर्ष चितवनमा गुण्डा समूहवीच आक्रमण हुँदा चितवनबासी निकै त्रसित बनेका थिए ।
जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको इजलासले बिहीबार सुनाएको फौसला अनुसार सुनील गुरुङ, शरणँ गुरुङ, सुनिल केसी, फण्ािँन्द्र श्रेष्ठ, सुरज श्रेष्ठ ‘छोइला”, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैद भएको छ । प्रकाश तमाङ, अमित लामा, चन्द्रबहादुर थापा, राजकुमार घलान, विक्रम लामा र भीम पाख्रिन लाई ५ वर्ष कैद तोकिएको छ ।
सूर्यबहादुर पुन, सानु भन्ने सुजेन्द्र तमाङ र दिपक शाहीले सफाइ पाएका छन् । घटनामा २७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । १७ जनालाई हत्या र १० जनालाई योजनाकारको अभियोग थियो।
हत्यामा संलग्न भएको आरोप लागेका १७ जना शिवका भाइ गोपीको हत्या अभियोगमा भरतपुर कारागारमा रहेका त्यो बेलाका थुनुवाहµ नै हुन्।
गोपीको २०६६ सालमा भरतपुरमा हत्या भएको थियो ।
प्रकाश रेग्मी, सुरजकुमार शाही, विनोद तामाङ, कुमार देउजा, बाबुराम भण्डारी, सुशील केसी, निति राई, हितमान गुरुङ, विवेक राई र विष्ण्ँु पाण्डेलाई योजनाकारको अभियोग लागेको थियो।
युवा समूह ”कमिले समूह” र ”चमेरे समूह”बीच चल्दै आएको प्रतिशोधका कारण्ँ शिव पौडेल प्रकरण्ँ भएको थियो । तरुण्ँ दलका अध्यÔ पौडेल कमिले समूहका थिए भने चमेरे समूहमा एमालेनिकट युवाहरु थिए ।
शिव भदौ २२ मा समातिएका थिए । चितवन जिल्ला अदालतले पुर्पÔका लागि उनलाई भरतपुर कारागार पठाएको थियो।
Discussion about this post