ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मापदण्डबिपरीतका क्रसर उद्योग बन्द

by चितवन पोष्ट
२०७० चैत्र २१, शुक्रबार ०२:३० गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । मापदण्डबिपरीत संचालनमा आएका नवलपरासी जिल्लामा रहेका क्रसर उद्योगहरु बन्द भएका छन् । मापदण्डबिपरीतका क्रसर उद्योगहरुमा चितवन राष्ट्रिय निकुञ्जले ताला लगाई दिएपछि ती उद्योगहरु बन्द भएका हुन् । क्रसर उद्योगहरु बन्द हुने क्रम बढेको छ ।
जिल्लामा रहेका क्रसर उद्योगमध्ये कालिका क्रसर उद्योग, नवलपुर क्रसर उद्योग, क्रिशक्ति क्रसर उद्योग र महालक्ष्मी क्रसर उद्योगमा चितवन राष्ट्रिय निकुन्जले तालाबन्दी गरेको थियो । नवलपरासीका बाँकी सात क्रसर उद्योग पनि बन्द गर्न स्थानीय प्रशासनले अल्टिमेटमसमेत दिएको छ ।
सरकारी मापदण्डबिपरित भएको भन्दै जिल्लामा रहेका ११ मध्ये चारवटा क्रसर उद्योगहरु चितवन राष्ट्रिय निकुन्जले एक्कासी बन्द गराएपछि क्रसर व्यवसायीहरु रूष्ट भएका छन् ।
क्रसर उद्योगहरु गाउँबाट पाँच सय मिटर टाढा, राजमार्ग छेउछाउमा हुन नहुने, निकुन्जभित्र हुन नहुने लगायतका थुप्रै मापदण्ड पूरा गर्नुपर्ने तर यस्ता मापदण्ड कसैले पनि पूरा नगरेका कारण सबै क्रसर उद्योग बन्द गराएरै छोड्ने जिल्ला प्रशासनले जनाएको छ ।
निकुञ्जभित्र रहेका चार क्रसर उद्योग बन्द भए पछि आन्दोलित व्यवसायीहरु सरकारले असार मसान्तसम्म संचालन गर्न र त्यसपछि मापदण्ड पूरा गरेर संचालन गर्न समय दिए पनि चितवन राष्ट्रिय निकुञ्जले सहमतिबिपरीत एक्कासी क्रसर उद्योगमा तालाबन्दी गरेको नवलपुर क्रसर उद्योगका सञ्चालक संजयगोविन्द श्रेष्ठले बताउनुभयो ।
सरकारसँग भएको सहमतिबिपरीत क्रसर उद्योग बन्द गरेपछि आन्दोलित भएका क्रसर संचालकहरुले तत्काल असार मसान्तसम्म संचालन गर्न पाउनु पर्ने माग राखेका छन् ।
पूर्वसहमति अनुसार असार मसान्तपछि भने अन्यत्र सार्ने गरी काम अगाडि बढाइएको संचालक निर्मल क्षेत्रीले बताए । क्रसर उद्योग बन्द भएपछि नवलपरासी, चितवनलगायतका जिल्लामा घर, विद्यालय, संघ संस्था, अस्पताललगायतका भवन निर्माण पूर्णरूपले प्रभावित भएका छन् ।
नवलपरासीमा रहेका क्रसर उद्योगहरु बन्द हुने क्रम बढेपछि निर्माणका काम प्रभावित हुन थालेको र यसले धेरै प्रभाव पार्ने उपभोक्ताहरुले जनाएका छन् । वन तथा भूसंरक्षण मन्त्रालयसँग भएको सहमतिमा क्रसर उद्योग मापदण्ड बिपरीत भए पनि असार मसान्तभित्र अन्यत्र सार्ने सहमति भएको थियो  । सो समयसम्म संचालन गर्न दिइने उल्लेख भए पनि चितवन राष्ट्रिय निकुञ्जले सहमतिको उल्लंघन गरी क्रसर उद्योग बन्द गराएपछि क्रसर व्यवसायीहरु आन्दोलन केन्द्रित भएका छन् ।

Related Posts

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

एघार सयले उकालो लाग्यो सुनको मूल्य

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

प्रणय दिवसमा भारतबाट ८५ प्रतिशत गुलाब आयात

सुन्तलामा असिनापानी र रोगको असर

Discussion about this post

अन‌ि यो पनि

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने
अर्थ

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, मोटर खेल विकास र...

Read more
सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

आलमलाई छुटाउन प्रयासरत छुः सभापति देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

प्रधानमन्त्री पाए सरकारमा जान्छौं : देउवा

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेस प्रतिपक्षमै बस्नुपर्छ : वरिष्ठ नेता पौडेल

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In