माडीको -यापिड टेस्टमा ११० जनाको नेगेटिभ

अन‌ि यो पनि

माडी । माडी नगरपालिकाले हालसम्म गरेको -यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)मा सबैको नेगेटिभ नतिजा आएको छ । माडी नगरले हालसम्म ११० जनाको आरडिटी परीक्षण गरेको छ ।
‘माडीले चैत महिनामा विदेशबाट फर्केका ११० जनाको आरडिटी गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ’, माडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद सुवेदीले भने,
‘माडीका सबै वडामा पुगेर विदेशबाट फर्किएकाहरूको खोजी गरी आरडिटी गरेका थियौँ ।’ उनका अनुसार माडी नगरपालिकाले सीमित स्रोतसाधनबाट नै आरडिटी परीक्षण गरेको हो । ‘जिल्लाबाट १२० वटा कीट उपलब्ध भएको थियो, अब माडीमा एकदम सीमित कीटमात्रै बाँकी छन्’, प्रमुख सुवेदीले भने, ‘जिल्लाभर नै कीटको अभाव देखिएको छ ।’
प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया