भरतपुर । नेपाल नेत्र ज्योति संघ चितवन र नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा बिहीबार भरतपुर आँखा अस्पतालमा आँखा स्वास्थ्यका लागि पत्रकार’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अन्धोपनाको समस्या, आँखाको बनावट र स्वस्थ आँखाका बारेमा कोर्निया आँखा कार्यक्रमका संयोजक बिमल पौड्याल, दृष्टिदोष र चश्माबारेअप्टोमेटिष्ट गोपाल भण्डारी र मधुमेह र उच्च रक्तचाप भएकाले आँखाजचाउनु पर्नाका कारणबारे डा. मनिषा श्रेष्ठले अभिमूखीकरण गराएका थिए ।
त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्के, नेपाल पत्रकार महासंघ चितवन अध्यक्ष हरि पोखरेल, नेपाल नेत्रज्योति संघका सदस्य श्यामप्रसाद लामिछाने, सेवा फाउण्डेसनका निर्देशक रामप्रसाद कँडेल, कार्यक्रम संयोजक ऋषिराम पौडेल र अस्पतालका प्रबन्धक तुलसी पराजुलीले अस्पतालको सेवा र अवस्थाबारे बोल्नुभएको थियो ।
विश्व स्वास्थ्य संगठनको भिजन ट्वान्टी ट्वान्टीअनुसार आफूहरु सेवा दिएर अघि बढेको अध्यक्ष मास्केले बताउनुभयो । यस अस्पतालमा नेपाल सरकारले आर्थिक सहयोग नगरेको मास्केले जनाउनुभयो । यस अस्पतालमा पछिल्लो समय करोडौं मूल्यको आँखा उपचारमा प्रयोग हुने उपकरण जोडिएको छ ।
Discussion about this post