सिमा पारी किरिया बसेकालाई नेपाल आउन अनुमति

अन‌ि यो पनि

कोरोना संक्रमणका कारण सिमा बन्द हुँदा भारतमै आमाको किरिया गर्दै गरेका दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाका बासदेव भट्ट आज नेपाल प्रवेश गरेका छन् ।

बैशाख २ गते आमाको निधन भएपनि सिमा बन्द भएका कारण भारतको बालुवाकोटमा रहेको भट्टलाई भारतीय प्रशासनले अनुमति दिएपछि नेपाल ल्याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

नेपाली प्रशासनले आफुलाई जानकारी दिएपछि पिथौरागड जिल्ला प्रशासन, एसएसबीको कमाण्डरमार्फत् भारत सरकारको गृहमन्त्रालयबाट समेत निर्णय गराउनु पर्ने भएकाले किरिया पुत्रीलाई नेपाल पठाउन बिलम्ब भएको धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले जानकारी दिए । बासदेवलाई आजै घर पठाइने छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया