कृषि उत्पादनलाई सहज बनाइने

अन‌ि यो पनि

चितवन । देश लकडाउनमा रहे पनि कृषिजन्य वस्तुको उत्पादनमा सरकारले रोक लगाएको छैन। तसर्थ यो समय नयाँ बीउ लगाउने मौसम भएकोले चितवन जिल्लामा पनि उच्च सतर्कताका साथ मल तथा बीउ बिजन वितरण गर्न सम्बन्धित क्षेत्रलाई जिल्ला समन्वय समितिले आग्रह गरेको छ।
आज जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले कृषि उत्पादनको लागि लकडाउनको मर्मलाई बुझेर काम गर्न दिने निर्णय गरेको हो। बैठकबाट कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सकेसम्म कम मानिसको उपस्थिति रहने गरी काम गराउने निर्णय गरेको छ।
कृषि उत्पादनको लागि प्रयोग हुने सवारीलाई सहजरूपमा इन्धन भर्न दिने र उक्त सवारीमा दुई जना मात्रै सवार गर्न दिने निर्णय भएको जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए।
रोगको संक्रमण फैलिन नदिन मास्कको अनिवार्य प्रयोग गर्न भनिएको उनले बताए। साथै जिल्लाभरमा कृषि औजारको प्रयोग, मल तथा बीउको बिक्री वितरणको लागि आवश्यक तथ्यांक संकलन गरी कृषि ज्ञान केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गर्ने निर्णय भएको उनले बताए।
प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया