गाउँका किसान मेलापातमा व्यस्त

अन‌ि यो पनि

इच्छाकामना । कोरोनाको प्रभाव गाउँमा कम देखिएको छ । गाउँमा किसानी पेसा अँगालेकाहरू यतिखेर मेलापात, अर्मपर्ममा व्यस्त छन् । वैशाख ५ गते साँझ भारी वर्षा भएपछि पहाडका किसानहरूले राहत महसुस गरेका छन् ।
मकै रोप्नका लागि पानीको पर्खाइमा रहेका किसानहरू पानी परेसँगै मकै रोप्न र गोडमेल गर्न व्यस्त छन् । इच्छाकामना–३, तोलाङका विकास गुरुङले पानी नपरेका कारण मकै छर्न नसकिएकोमा अब मकै लगाउने तरखर गरिएको बताए ।
गाउँमा अघौटे मकै लगाएकाहरूको भने गोडमेलको समय भएको छ । कोरोनाको डरले गाउँघर बसेकाहरू अर्मपर्म र मेलापातमा व्यस्त छन् ।
इच्छाकामना–३, कमेरेका रामशरण भट्टराईले आकासे पानी परेपछि काँक्रो, सिमीलगायतका तरकारी सप्रिने बताए । ‘गाउँमा खानेपानी बढी भएमा बारीमा लगाउने गरिएको थियो’, उनले भने, ‘आकासबाटै चाहिँदो पानी परेपछि हरियो तरकारी सप्रिने आशा लिएको छुु ।’
प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया