ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेहरू र प्रधानमन्त्री नेहरू

by चितवन पोष्ट
२०७० चैत्र २१, शुक्रबार ०२:०८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

स्वयम्भुनाथ कार्की
भारतीय संघका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू रहुन्जेल बीपीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको हिन्दुस्थान भनेको जवाहरलाल नेहरू र उनको प्रशासनलाई हो । कुरोलाई यस रुपमा हेर्ने हो भने ठाउँठाउँमा हिन्दुस्थानसँगको बीपीको असन्तुष्टि बुभ्mन सजिलो हुन्छ । पद्म शमशेरलाई नेपाल फर्काउन बीपीको मद्दत माग्ने नेहरू जब मोहन शमशेरको कैदबाट लेखिएको बीपीको चिठ्ठी पढ्छन्, बीपीकै शब्दमा नेहरू रून्छन् । तर बीपी अनशन बसेर मर्न लागेको कुरा बीपी पत्नीबाट जयप्रकाश नारायणले थाहा पएर आफू इलाज गराइरहेको पटना अस्पतालबाट नेहरूलाई फोन गर्दछन्, तबमात्र राजदूतमार्पmत मोहन शमशेरलाई दबाब दिन्छन् । यो फरक स्पष्ट देखिन्छ, पहिलेको नेहरू र प्रधानमन्त्री नेहरूमा । परिच्छेद २५ मा बीपी भन्छन्– नेहरूको त्यो दबाबपछि रातारात २४ घन्टा लगाएर अर्को घर नै तैयार गरेर बीपीलाई कालकोठरीसरहको थुनाबाट त्यसको ३–४ बटा भ्mयाल भएको कोठामा सारिन्छ ।
यो मतभेद अझ राजालाई दरबारबाट भगाएर ल्याउने कुरामा अझ ठूलो हुन्छ । राजाको नाममा क्रान्ति गर्नुपर्ने आवश्यकता थियो, त्यसैले राजालाई दरबारमा राणाहरुकै नियन्त्रणमा रहन दिनु ठीक थिएन । परिच्छेद २६ को अन्ततिर उनी भन्छन्– ‘हामीहरुले सशस्त्र क्रान्ति गर्दाखेरि राजाको स्थिति के हुने ? राजाको नाउ“बाट हामीले क्रान्ति गर्दा राजालाई त उनीहरुले समाती हाल्लान्, त्यसो हुनाले राजालाई त्यहाँबाट भगाउनु पर्दछ ।’ त्यसैले, राजालाई भगाएर पाल्पामा राख्ने र त्यहीँ नया“ सरकार बनाउने र त्यसलाई हिन्दुस्थानमार्पmत अन्तर्राष्ट्रिय मान्यता दिलाउने । दरबारबाट एयरपोर्टसम्म आउन सात–आठ मिनेट लाग्ने भएकाले हेलिकोप्टर भए सेना सक्रिय हुनुभन्दा पहिले नै हेलिकोप्टर उडिसक्ने आँकलन गरेर हिन्दुस्थानसँग हेलिकोप्टरको माग गरियो, तर उसले दिएन । त्यसपछि राजा बाहिर निस्केको बेला सम्पर्क गरेर भगाएर गढीमा ल्याउन गणेशमानजीको नेतृत्वमा टोली राजधानी गयो, तर त्यो टोली नै समातियो । यो योजना नेहरूलाई थाहा भएको अनुमान कठिन छैन ।
यो योजना असफल भएपछि राजा तर्से, बीपीले अर्को योजना बनाउनुभन्दा पहिल्यै नै राजा सपरिवार भारतीय दूतावासमा पसे । यहाँनेर नेपाली कांग्रेसको योजनाअनुसार राजा दूतावासमार्फत भारत पुगेको भन्ने मान्यता झूटो हुन्छ । बीपीले पटनामा भारतीय दूतावासको प्रसारणसँग जोडिएको आकाशवाणीबाट यो खबर पाएका थिए । परिच्छेद २७ मा उनले यस घटना सुन्नेबित्तिकै आफूले ‘अब हाम्रो हातबाट गयो’ भन्ने प्रतिक्रिया व्यक्त गरेको कुरा उल्लेख गरेका छन् । जयप्रकाश नारायणले बीपीलाई सल्लाह दिएका छन्, ‘तिमी एउटा वक्तव्य देऊ, तुरून्तै देऊ । किनभने अहिलेसम्म कसैलाई थाहा छैन, तिम्रो वक्तव्य र राजा भागेको एकैचोटि छापिन्छ । त्यो एउटा अन्तर्राष्ट्रिय खबर पनि हुन्छ र उताबाट प्रचार पनि हुन्छ ।’ जयप्रकाश नारायणको यो सल्लाहअनुसार बीपीले वक्तव्य दिए । यसैको कारणले नेपाली कांग्रेसको क्रान्ति र राजाको यो पलायनलाई जोडियो, यो भ्रम अहिलेसम्म पनि छँदैछ ।
नेपाली कांग्रेसको क्रान्तिमा नेहरूको कहिले सहयोगी र कहिले बाधक भूमिका धेरै चोटि देखिएको छ । परिच्छेद २८ मा बीपी उल्लेख गर्दछन्– ‘मलाई जवाहरलालजीले भनेका के थिए भने अरु कसैलाई नपत्याउनू, तीन जनालाई पत्याए हुन्छ । एउटा बंगालको मुख्यमन्त्री विधानचन्द्र राय, एउटा बिहारको मुख्यमन्त्री श्रीकृष्ण सिन्हा र अर्को यु.पी. को मुख्यमन्त्री गोविन्दबल्लभ पन्त ।’ आफूसँग जति कुरा गर्न सकिन्छ, त्यति नै यी तीन जनासँग गरे हुन्छ भनेकाले क्रान्तिको निमित्त हतियार संकलन र त्यसलाई नेपाल सीमासम्म ल्याउन बीपीले श्रीकृष्ण सिन्हा र गोविन्दबल्लभ पन्तको सहारा लिएका छन् । त्यसबाहेक, अन्य किसिमका मद्दत पनि नेहरूले क्रान्तिको बेलामा गरेका छन् । यस उदाहरणले त नेहरू–बीपी सम्बन्ध एकदमै आत्मीयजस्तो पनि लाग्छ । तर, यही आत्मीय सम्बन्ध कटु भएको उदाहरण त्यसबेला हुन्छ, जब ‘तपाईंलाई त हथकडी लगाउने थिए’ भनेर नेहरू बीपीलाई भन्छन् । नेहरूले बीपीलाई हथकडी लगाउने कुरा दुईचोटि गरेको प्रसंग आत्मवृत्तान्तमा छ ।
वीरगन्जबाट लडाईंमा जितेर ल्याएको पचास लाख रूपैयाँले संगठनमा फाटो ल्याउने छा“टका“ट भएपछि यो किचकिचले गर्दा रूपैयाँ हिन्दुस्थानले जफत गरिदेला भन्ने डर पैदा भयो । त्यसैले, त्यो रूपैयाँ राजालाई सुम्पेर सुरक्षित गर्ने योजना बन्यो । राजा दिल्लीमा थिए हैदरावाद हाउसमा भारतीय सरकारको पाहुना बनेर बसेका, त्यही पु¥याउन पटनाबाट प्लेनमा रूपैयाँ हालेर राति दिल्ली गए । त्यो रूपैयाँ जफत भयो, त्यसैको विरोध गर्न भेट्न गएका बीपीलाई नेहरूले हथकडी लगाउने थिए भनेर भनेका हुन् । बहाना भने तपाईंहरुले हल्ला मच्चाएर रूपैयाँ ल्याउनुभयो । यो रूपैयाँ किन राजालाई पु¥याउन ल्याउनुभयो भन्ने भयो । यो कुराबाट बीपी सन्तुष्ट भए वा भएनन्, त्यो त उनले उल्लेख गरेनन् । तर, त्यो रूपैयाँ क्रान्तिमा प्रयोग हुन पाएन ।
विराटनगरमा बडाहाकिमको घर कब्जा गर्न हतियार अपुग भएर नेहरूसँग हतियार माग्न बीपी दिल्ली गए । नेहरूलाई अफिसमा भेट्न खोजे । नेहरूको सचिव जोन मथईले नेहरूलाई भेट्न दिएन । विवश भएर उनले आपूm आउनुको प्रयोजन बताउनुप¥यो, तैपनि त्यो दिन भेट हुन सकेन । बीपी क्रान्तिको नेतृत्व गर्दैछन् भन्ने नेहरूलाई थाहा थियो । थाहा मात्र के र, त्यस क्रान्तिमा नेहरूको पनि सहयोग थियो । त्यस्तो मान्छे भेट्न आउँदा पक्कै केही मह¤वपूर्ण तथा गोप्य कुरा हुन्छ भन्ने नेहरूले सोच्न सक्दैन थिए भन्ने कुरा भन्नु र औँसीको रातमा टन्टलापुर घाम हुन्छ भन्नु एकैजस्तो हुन्छ । यसरी जोन मथईलाई कुरा खोल्न बीपीलाई बाध्य बनाएर छा“स्ने मौका नेहरूले बनाए । बेस्कन छा“से हतकडी लगाइदिन्छुसम्म भन्न पुगे । हतियार दिनु थिएन, दिएनन् । तर, त्यसको निमित्त यो अपमानजनक तरिका अपनाए । बीपी र नेहरू सम्बन्धको कुरा यसमा मात्र सकिन्न, त्यो त अझ दिल्ली सम्झौता गर्ने बेलामा टड्कारो तरिकाले देखिएको छ । नेपालमा क्रान्ति सफल भइसकेपछि त यो मतभेद झन् बढेर गएको छ ।

Related Posts

प्रतिनिधिसभा पुनस्र्थापना : ओलीलाई राजीनामा दिन सुझाव

लड्डु विजयोत्सव र नैतिकता !

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

बिरामी मरेपछि कोरोना नभएको ‘सहर्ष’ जानकारी

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

Discussion about this post

अन‌ि यो पनि

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाज

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

देवघाट । नेपाल मानव धर्म सेवा समिति चितवनले सीताराम संस्कृत माविका विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ। समितिले...

Read more
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

कांग्रेस नेता जोशीलाई मस्तिष्काघात

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In