प्रेस संगठन मकवानपुरलाई सेनिटाइजर र मास्क

अन‌ि यो पनि

हेटौंडा : प्रेस संगठन नेपाल मकवानपुरलाई मास्क र सेनिटाइजर वितरण भएको छ । प्रेस संगठन नेपाल बागमती प्रदेशले मकवानपुरलाई बिहीबार हस्तान्तरण गरेको हो ।
प्रेस संगठन मकवानपुरलाई सदस्यहरु दिपेन्द्र रोक्का र अमृत चिमरिया मार्फत प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका सह–इन्चार्ज सुनिल खड्का, केन्द्रीय सदस्य राजन दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, लगायतको उपस्थिती रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रेस संगठन बागमती प्रदेश समिति र बागमती प्रदेशका सबै जिल्लाका संयोजक तथा सहसंयोजकहरुको भर्चुअल मिटिङ समेत भएको थियो । कार्यक्रममा प्रेस संगठन नेपाल सँधै पत्रकारहरुको हकहितको लागि लड्ने संस्था भएको इन्चार्ज सुवेदीेले बताएका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया