ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लिखित एउटा, मौखिक धेरै

by चितवन पोष्ट
२०७० चैत्र २०, बिहीबार ०१:४४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सौराहा । पर्यटकहरुमाथि आउने समस्या सम्वोधन गर्न स्थापना भएको सौराहाको पर्यटक प्रहरी कार्यालयमा हालसम्म एउटामात्रै लिखित उजुरी परेको छ । लिखित उजुरी धेरै नपरे पनि प्रहरीले धेरै मौखिक गुनासाहरु र पर्यटकीय सेवाको कामहरु भने गर्दै आएको छ ।
गत वर्षको जेठमा सरकारले सौराहामा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा १० जना पर्यटक प्रहरी खटाउने निर्णय गरेको थियो । गएको भदौदेखि सईमात्रै आएर बछौली प्रहरी चौकीमा बसेका थिए । माघदेखि सौराहामा कार्यालय स्थापना गरेर पर्यटक प्रहरीले काम सुरू गरेको हो ।
सरकारले सौराहामा एकजना सई, दुईजना असई, तीनजना हवल्दार र चारजना जवान खटाउने निर्णय गरेको थियो । अहिले एकजना सईसहित एकजना हवल्दार र दुईजना प्रहरी जवान खटेका छन् । बाँकी छजना वैशाखमा आउने पर्यटक प्रहरी कार्यालय सौराहाका इन्चार्ज सई रामशरण खड्काले जानकारी दिए ।
पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती पेट्रोलिङ गर्नुपर्ने छ । पर्यटकका लागि आवश्यक पर्ने सूचनाहरु दिने काम पनि पर्यटक प्रहरीको हुनेछ । पर्यटक प्रहरीले विभिन्न आठ प्रकारका काम कर्तव्य पूरा गर्नुपर्ने हुन्छ । जसमा पर्यटकहरुबाट आएका उजुरी र निवेदन छानविन गरेर कारबाही गरी प्रहरी प्रतिवेदन तयार पार्ने जिम्मा पनि पर्यटक प्रहरीको भएको सई खड्काले जानकारी दिए ।
इजाजत बेगरका पथ प्रदर्शक (गाइड)हरुलाई नियन्त्रण गरेर कारबाही गर्ने कर्तव्य पनि पर्यटक प्रहरीको रहेको हुन्छ । पर्यटक प्रहरीले गर्ने अर्को महत्वपूर्ण काम भनेको फौजदारी अपराधमा सम्बन्धित पर्यटकको देशको राजदूतावाससँग सम्पर्क राखेर जिल्ला प्रहरी कार्यालयमार्फत कारबाही अगाडि बढाउनु हो भन्छन् सई खड्का ।
होटल, रेष्टुरेन्ट तथा ट्राभल र ट्रेकिङ ऐजेन्सीहरुमा निरीक्षण गरेर प्रतिवेदन बनाउने र नियमविपरीतका काम भएमा कारबाही गर्ने जिम्मा पनि पर्यटक प्रहरीको हुन्छ । पर्यटकहरुका सम्बन्धमा पर्यटन व्यवसायीले गर्ने गुनासोको छानबिन, कारबाही र समझदारी बढाउने काम पनि आफूहरुले गर्नुपर्ने सई खड्काले बताए ।
‘पर्यटकहरुलाई झन्झटमुक्त वातावरण तयार गर्नु, उनीहरुलाई दुःख दिने र सताउनेहरुलाई निरूत्साहित गर्नु हाम्रो मुख्य काम हो’ सई खड्काले भने । सौराहा बसपार्कनजिक पर्यटक प्रहरीको कार्यालय रहेको छ । ‘बस आउँदा बित्तिकै पर्यटकहरुलाई घेरा हालेर यता आऊ र यसो गर भन्नेहरुको बिगबिगिजस्तै थियो हाम्रो उपस्थितिले त्यो प्रवृत्ति रोकिएको छ’ खड्काले भने ।
‘पर्यटकहरुको चाप बढेसँगै यहाँ पर्यटक प्रहरीको आवश्यकता थियो । हामीले धेरै अगाडि कुरा राख्दै आएका थियौं । जुन माग यो वर्ष सुनुवाई भयो’ क्षत्रीय होटल संघ सौराहाका महासचिव सुमन घिमिरेले भने । चितवन राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तु बाघ गैंडा हेर्न देश विदेशबाट पर्यटकहरु सौराहा आउने गर्छन् । वार्षिक डेढ लाखको हाराहारीमा यहाँ पर्यटक आउँछन् ।
कार्यालय स्थापना भएपछि नेदरल्याण्डका एकजना पर्यटक महिलाले घुम्न जाँदा क्यामेरा हराएको लिखित उजुरीमात्रै प्रहरीमा परेको छ । ‘तर मौखिक गुनासाहरु धेरै नै आउँछन् । धेरै गुनासाहरु होटलको सुविधा र शुल्क चित्त नबुझेको भन्ने हुन्छ । पर्यटक प्रहरी यहाँ छ भन्ने कुरा विस्तारै जानकारी हुँदै गएपछि लिखित उजुरी पनि बढ्लान’ सई खड्काले भने ।

Related Posts

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In