रत्ननगरका एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ

अन‌ि यो पनि

चितवन । रत्ननगर नगरपालिका–१२, पिठुवाका एक व्यक्तिको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजिटिभ देखिएपछि स्वाबबाट पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।

बुधबार आरडिटी पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पिसिआरमार्फत परीक्षण गर्दा ती पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

कोरोनाको आशंका गरिएका रत्ननगरका ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी आएलगत्तै १४ दिन होम क्वारेन्टाइनमा बसेका थिए ।

ती पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनलाई गुञ्जमान सिंह हस्पिटलको आइसोलेसन वार्डमा राखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया