मुख्यमन्त्रीद्वारा स्थानीय तहका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

बुधबार स्थानीय तहका प्रमुखहरुसँगको भिडियो कन्फ्रेनसमार्फत कुरा गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा गर्नु नपर्ने बताए । मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध मापदण्डअनुसार दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरकी प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाईं नगरपालिका, रसुवाको गोसाईंकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका प्रमुखहरुसँग भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेका हुन् ।

उनले भने, “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले जे आवश्यकता हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो, यो महामारीबाट उम्कन सकियो भने अन्य काम हुँदै जान्छ ।”

महामारी नियन्त्रणका लागि सरकारले आह्वान् गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरे ।

यसैगरी, मुख्यमन्त्री पौडेलले लकडाउनको अवधिमा किसानहरुलाई चाहिने मल, बीउबिजन उपलब्ध गराउने बताएका छन् । पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे ।

लकडाउन सुरु भएको पर्सिपल्टबाटै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत नभएको उल्लेख गरे । उनले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताए ।

कोरोनाको महामारी फैलन नदिन लकडाउनबाहेक कुनै पनि विकल्प नभएकोले भावनामा बगेर यसबाहेक अन्य विकल्प खोज्नतिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा महामारीको रुपमा आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो ।

पौडेलले मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख, चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख, धादिङको धुनीबेँसी नगरपालिकाका प्रमुख र दोलखाको भीमेश्वर नगरपालिका प्रमुखसँग पनि भिडियो कुराकानी गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया